नेपाल स्वास्थ्य अनुसन्धान परिषद्मा प्राविधिक जनशक्तिका लागि दरखास्त आह्वान गरिएको छ । सोमबार सूचना प्रकाशित गर्दै केही ‘फिल्ड रिसर्चर’ पदका लागि आवेदन माग गरिएको हो ।“परिषद्को आर्थिक वर्ष २०७९-०८० को स्वीकृत वार्षिक कार्यक्रमानुसार विभिन्न अनुसन्धान परियोजनाहरू सञ्चालन गर्नको लागि चाहिने आवश्यक थप केही प्राविधिक जनशक्तिहरू फिल्डमा गई कार्य गर्न केही समयावधिको लागि खुल्ला प्रतियोगिताद्वारा लिनुपर्ने भएको हुँदा यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले ७ (सात) दिनभित्र तोकिए बमोजिमको योग्यता पुगेका नेपाली नागरिकहरूबाट परिषद्द्वारा प्रेषित नमुनाबमोजिमको ढाँचामा निम्नानुसारका पदहरूमा यस आवको लागि दरखास्त आह्वान गरिएको छ,” सूचनामा भनिएको छ ।

दरखास्त फाराम परिषद्को कार्यालयमा गई बुझाउनुपर्नेछ ।

सूचना !

केही समयावधिका लागि उक्त पदमा पदपूर्ति गर्न लागिएको हो । दैनिक भ्रमण भत्ता परिषद्को नियमानुसार हुने जनाइएको छ ।

 

T

पालिका प्रेस
थप जानकारी