मकवानपुरको थाहा नगरपालिकाको जनकल्याण माविको खेल मैदानमा जिल्लास्तरीय पुरुष बिच भलिबल प्रतियोगिता शुरु भएको छ । १४ असोजबाट शुरु भएको प्रतियोगिताको बागमती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तानले उद्घाटन गरिन् ।

प्रतियोगिता उद्घाटन कार्यक्रमकी प्मुख अतिथी तथा मन्त्री मोक्तानले प्रदेशमा खेलकुद विकासलाई प्राथमिकतामा राखिएको बताइन् । उनले प्रदेशको शिक्षा र खेलकुदमा बराबरी बजेट व्यवस्था गरिएको बताइन् । प्रदेशभरको माध्यामिक विद्यालयहरुमा खेल प्रशिक्षकको व्यवस्था गर्न प्रदेश सरकारले नीति तथा कार्यक्रममा नै उल्लेख गरेकोले विद्यालयस्तरबाटै खेलाडी उत्पादन हुने मन्त्री मोक्तानको भनाइ थियो ।

उद्घाटन समारोहमा भलिबलको माध्यमबाट आफ्नो जीवनको युवा उमेरमा जिल्ला भित्र स्थापित थाहा नगरभित्रका पुर्व खेलाडीहरुलाई सम्मानपत्र सहित कार्यक्रम उद्घाटन गरिएको थियो । पुर्व भलिबल खेलाडीहरु राजेश केसी, सानोभाई कार्की, उदयदाश श्रेष्ठ, मधुसूदन रायमाझी, कृष्ण बहादुर बिष्ट, रमेश कार्की, दिपक लामा, बिश्वमान श्रेष्ठ, विक्रम जोशी, र मनोज अधिकारीलाई प्रमुख अतिथि मन्त्री कुमारी मोक्तानले सम्मान गरेकी थिइन् ।
उद्घाटन समारोहमा जिल्ला समन्वय समिति मकवानपुरका सदस्य सुवर्ण गोपाली, थाहा नगरपालिकाका नगर उपप्रमुख भरत गोपाली, थाहानगर खेलकुद विकास समिती संयोजक टिकाराम स्याङ्तान, थाहा नगर शिक्षा समिती संयोजक तथा वडा न ६ का अध्यक्ष राजेन्द्र भक्त श्रेष्ठ, वडा न ३ का अध्यक्ष हिरेन्द्र रायमाझी, ४ का नारायण लामा, थाहा नगर खेलकुद विकास समितिको निवर्तमान संयोजक राजेश केसी, नेकपा एमाले थाहानगर अध्यक्ष अच्युत्तम प्रसाद ढकाल, नेपाली काँग्रेस नगर सभापति प्रमोद कृष्ण जोशी, नेकपा माओवादी केन्द्रका प्रदेश सदस्य इन्द्र बहादुर श्रेष्ठ, नेकपा माओवादी थाहानगर अध्यक्ष बिनोद लामा, वाइसीएल केन्द्रिय सदस्य नवराज थिङ, फरक क्षमता भएका कलाकार तथा चित्रकार अमिर भोम्जन, लगायतका उपस्तिथि रहेको थियो।

१७ असोजसम्म संचालन हुने प्रतियोगितामा मकवानपुरका ४० टिमको सहभागिता रहेको छ । कार्यक्रम बिच भलिबलका संयोजक युवराज बिष्टको सभाध्यक्षतामा भएको थियो । खेल बाहेक प्रतियोगिता अवधिभर थाहा नगरपालिकाको मुख्य पर्यटकीय स्थलको फोटो प्रदर्शनी, नेवारी खाजा, खानाको साथै विभिन्न परिकारको स्टल, चित्रकला प्रदर्शनी तथा बिक्री र हरेक दिन राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरुको बेजोड प्रस्तुति रहने आयोजकले जनाएको छ । प्रतियोगिता थाहा कला केन्द्रको आयोजना तथा थाहानगर भलिबल संघको समन्वयमा भएको हो ।

पालिका प्रेस
थप जानकारी