थाहानगर जिल्लाकै भलिबल खेलको उर्वरभूमी भएको थाहा नगरपालिकाका प्रमुख विष्णु विष्टले बताएका छन् । नगर प्रमुख विष्टले थाहानगर खेलाडी उत्पादन गर्ने थलोको रुपमा रहेकोले यहाँबाट जिल्लास्तरीय मात्र नभै अब प्रदेश र राष्ट्रियस्तरको खेलाडी उत्पादन गर्नुपर्ने बताए ।

थाहा नगरपालिकाको फाँटबजारमा ६ कात्तिकबाट शुरु भएको पाँचौं संस्करणको विनयबाबु स्मृति जिल्लास्तरीय रनिङ शिल्ड भलिबल प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख विष्टले यस्तो बताएका हुन् । विष्टले खेलाडी उत्पादन र प्रतियोगिता संचालन गर्नको लागि आर्थिक व्यवस्थापनले समस्या भएपनि खेल र खेलाडीको विकासको निम्ति थाहा नगरपालिकाले एकद्वार प्रणाली मार्फत खेलकुद विकास समिती नै बनाएर नगरको खेलकुद क्षेत्रको विकास गरिने बताए । उनले प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गरे ।

विनय बाबु स्मृति प्रतिष्ठानका अध्यक्ष शंकर कार्कीको सभाध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा थाहा नगरपालिका वडा न २ का अध्यक्ष बम बहादुर सिङ्तान तथा वडा सदस्यहरु, युवराज बिष्ट, रितु कार्की, श्रीजना बि.क. प्रतिष्ठानका संस्थापक बिजयबाबु बस्नेत, विनयबाबुका बाबु बिष्णु बहादुर बस्नेत, समाजसेवी श्यामभक्त श्रेष्ठ, जिल्ला रेडक्रसका कोषाध्यक्ष हरीकृष्ण कार्की, नेकपा एसका थाहानगर उपाध्यक्ष सुर्य तामाङ, नगर भलिबल संघका अध्यक्ष वसन्त गोपाली, समाजसेवीहरु गोबिन्द कार्की, उद्दव राना मगर, रामशरण थापालगायतका उपस्थिति रहेको थियो । १६ टिमको सहभागीता रहेको प्रतियोगिता ८ कात्तिकसम्म संचालन हुने आयोजकले बताएको छ ।

पालिका प्रेस
थप जानकारी