विनयबाबु स्मृति जिल्लास्तरीय भलिबल रनिङ शिल्ड प्रतियोगिताको उपाधी आमभन्ज्याङ युवा क्लव मकवानपुरगढीले हात पारेको छ । मकवानपुर थाहा नगरपालिकामा जारी पाँचौं संस्करणको विनयबाबु स्मृति जिल्लास्तरीय भलिबल प्रतियोगितामा आयोजक विनयबाबु स्मृति प्रतिष्ठानलाई पराजित गर्दै आमभनज्याङले उपाधि चुमेको हो । आमभन्ज्याङले अघिल्लो वर्षपनि उपाधि उचालेको थियो । यो साविक विजेता टिम हो ।

थाहानगरको फाँटबजारमा ८ भएको अन्तिम स्पर्धामा प्रथम भएसंगै विजेता आमभन्ज्याङले नगद ५१ हजार ५१ रुपैया नगदका साथै शिल्ड, मेडल तथा प्रमाणपत्र हात पारेको छ । प्रतियोगितामा दोस्रो भएको आयोजक विनयबाबु प्रतिष्ठानले २६ हजार २६ रुपैयाँ नगद सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगितामा डिवाइसि थाहा–५ रुप्से तथा आग्रा स्पोर्ट्सले सान्त्वना पुरस्कार हात पाएकाछन् ।

प्रतियोगितामा आग्रा स्पोर्ट्सका पुजन गुरुङ उदयिमान खेलाडी घोषित हुँदा उत्कृष्ट ब्लकर विनयबाबु स्मृतिका राजाराम स्याङ्तान, उत्कृष्ट डिफेन्डर आमभन्ज्याङका बुद्धिकृष्ण दंगाल, उत्कृष्ट सेटर आमभन्ज्याङका अजय माझी घोषित भए भने उत्कृष्ट स्पाइकर विनयबाबुको सबिन कार्की हुदाघोषित भए । प्रतियोगिताको उत्कृष्ट खेलाडी आमभन्ज्याङका आशिष घलान भ एभने उत्कृष्ट कोचको उपाधि आमभन्ज्याङका वीर बहादुर लामा घोषित भए ।

बिजयी तथा उत्कृष्ट खेलाडीहरुलाई प्रमुख अतिथी थाहा नगरपालिकाका प्रमुख विष्णु बहादुर विष्टले पुरस्कार प्रदान गरे । कार्यक्रममा नेकपा एमाले थाहानगर अध्यक्ष अच्युतम प्रसाद ढकाल, वडा नम्बर १ का वडाध्यक्ष हेरमान गोपाली, २ का बम बहादुर सिन्तान, ३ का हिरेन्द्र रायमाझी, ४ का नारायण लामा, ५ का विष्णु बहादुर गुरुङलगातकाको आतिथ्यता रहेको थियो । सो अवसरमा प्रतियोगिता संचालन गर्न आर्थिक सहयोग गर्ने दाताहरुलाई समेत कदरपत्रद्वारा सम्मान गरिएको प्रतियोगिताको थियो । कार्यक्रम निवयबाबु स्मृति प्रतिष्ठानका अध्यक्ष शंकर कार्कीको सभाध्यक्षतामा भएको थियो ।

पालिका प्रेस
थप जानकारी