मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर २ को प्रदेशसभा ‘२’ मा नेपाली कांग्रेसका उम्मेदवार इन्द्रबहादु बानियाँ विजयी भएका छन् ।

सत्तारुढ गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेस वाग्मती प्रदेश सभापति बानियाँले नेकपा एमालेका उम्मेदवार लालबहादुर थापालाई पराजित गर्दै विजयी भएका हुन् । बानियाँले थापालाई १ हजार ७८२ मतान्तरले पराजित गर्दै विजयी भएका हुन् । थापाले १६ हजार ९३४ मत प्राप्त गरेका छन् ।

विजयी बानियाँले कुल ४०५९९ मत खसेकोमा १८ हजार ७१६ मत प्राप्त गरेका थिए । बानियाँ अघिल्लो पटक यसै निर्वाचन क्षेत्रबाट बामगठबन्धनका उम्मेदवारलाई पराजित गर्दै विजयी भएका थिए । उनी कांग्रेसका वाग्मती प्रदेशसभा संसदीय दलका नेता समेत हुन् ।

अघिल्लो कार्यकालमा सत्तारुढ गठबन्धनभित्र लिखित सहमति भएपनि मुख्यमन्त्री बन्नबाट बञ्चित बनेका बानियाँ यसपटक मुख्यमन्त्रीका दाबेदार हुन् । उनले चुनावी अभियानको क्रममा मुख्यमन्त्री बन्नका लागि आफू उम्मेदवार बनेको प्रतिक्रिया दिने गरेका थिए । यस क्षेत्रमा ४० हजार ५ सय ९९ मत खसेको थियो ।

पालिका प्रेस
थप जानकारी