मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्वर १ बाट राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका दिपकबहादुर सिंह विजयी भएका छन् ।

सिंहले लोकतान्त्रिक बाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी नेपाली कांग्रेसकी केन्द्रीय सह–महामन्त्री महालक्ष्मी उपाध्याय डिनालाई २ हजार ३९३ मतान्तरले पराजित गर्दै प्रतिनिधि सभा सदस्य पदमा विजयी हाँसिल गरेका हुन् ।

अन्तिम मतपरिणाम अनुसार सिंहले २७ हजार ८१६ मत प्राप्त गरे । डिनाले २५ हजार ४३४ मत प्राप्त गरिन् भने कमल थापाले २५ हजार ४२० मत पाए । तेस्रो नम्वरमा रहेका सिंह हेटौंडा उपमहानगरपालिकाको मतगणना सुरु भएपछि उकालो लाग्न थालेका थिए । हेटौंडा ९ र १० नम्वर वडाको मत गन्न बाँकी रहँदा सिंह १८ मतले अघि बढे । अन्ततः२ हजार ३९६ मतान्तरमा विजयी भएरै छोडे ।

अहिलेसम्म प्रत्यक्ष चुनाव जित्न नसकेका सिंहको उदय मकवानपुरका राजनीतिक दलका लागि ‘अप्रत्यासित’ नतिजा हो ।

२०५४ सालमा पहिलोपटक मेयरमा राप्रपाबाट चुनाव उठेका सिंह एमालेका डोरमणि पौडेलसँग करिब १ हजार २०० मतान्तरमा पराजित भएका थिए । २०५६ सालको प्रतिनिधिसभामा मकवानपुर–२ मा चुनाव लडेका उनी एमालेका विरोध खतिवडासँग र २०७० सालको संविधानसभा निर्वाचनमा मकवानपुर–३ एमालेका अनन्तप्रसाद पौडेलसँग पराजित भए ।

गत ३० वैशाख २०७९ को स्थानीय चुनावमा हेटौंडा उपमहानगरपालिकाको मेयरमा २० हजार ५३१ उनी तेस्रो भएका थिए । पटक–पटक हारे पनि गएको वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा हेटौंडाको मेयरमा राम्रो मत ल्याएपछि उनी यसपटक हारको अर्को खराब रेकर्डबाट बच्ने प्रयासमा थिए ।

सिंहले पहिलो पटक संसदीय चुनाव जितेका हुन् । सिंह यसअघि २०५४ सालमा तत्कालिन हेटौंडा नगरपालिकाको मेयर पदमा नेकपा एमालेका डोरमणि पौडेलसँग, २०५६ मा मकवानपुर क्षेत्र नम्वर–२ मा प्रतिनिधि सभा सदस्य पदमा एमालेकै विरोध खतिवडासँग, २०६४ को संविधानसभा सदस्य निर्वाचनमा नेकपा एमालेका अनन्त पौडेलसँग पराजित भएका थिए ।

यस्तै, सिंह २०७९ को स्थानीय तहको निर्वाचनमा हेटौंडा उपमहानगरपालिकाको मेयर पदमा सत्तागठबन्धको तर्फबाट निर्वाचित मिनाकुमारी लामासँग पराजित भएका थिए । लगातार चुनावी प्रतिस्पर्धामा पराजय व्यहोर्दै आएका सिंहले यस पटक भने प्रतिनिधि सभा सदस्उमा निर्वाचित भएका हुन् ।

पालिका प्रेस
थप जानकारी