ग्रामीण महिला सेवा केन्द्रले जिल्लाको विभिन्न पालिकाको विभिन्न वडाको ३ सय ९० घरपरिवारमा खाद्य सुरक्षा, लैङ्गिक हिंसा बालविवाह र व्यवहार परिवर्तन सन्चार सम्बन्धी अध्ययन तथ्य सार्वजनिक कार्यक्रममा गरेको छ । अध्ययनमा सहभागी मध्ये अझै पनि ३ दशमलव ६ प्रतिशतले खुला ठाउँमा दिशा गर्ने गरेको पाइएको छ । नेपाल खुला दिशा मुक्त घोषणा भैसक्दा पनि अझै सबै सर्वसाधारणहरुको शौचालय पहुँच नभएको यो अध्ययनले देखाएको छ ।

यसैगरी अध्ययनमा सहभागी मध्ये ५ दशमलव ४ खुल्ला स्थानको पानी पिउने गरेका छन् । कृषि क्षेत्रमा संलग्नहरुलाई सबैभन्दा ठूलो समस्या बीउ मलको समयमा उपलब्धता नभएको पाइएको अध्ययनकर्ता दीप न्यौपानेले बताए । उनीहरु मध्ये १० प्रतिशतलाई मात्रै बर्षदिनसम्म खान पुग्ने ४५ प्रतिशतलाई ३ महिना मात्रै खान पुग्ने अध्ययनको क्रममा पाइएको न्यौपानेले बताए । यसैगरी ४४ प्रतिशत महिलाले घरायसी निर्णय प्रकृयामा आफ्नो आंशिक सहभागीता हुने गरेको र ५६ प्रतिशतले पूर्ण सहभागीता हुने गरेको बताए । ३५ प्रतिशत महिला अझै सहकारीको आर्थिक कारोबार गर्नबाट बन्चित देखिएको छ । “सहकारीमा महिलाको पहुँच छ तर अझै धेरै सुधार आवश्यक छ” न्यौपानेले भने ।

७१ प्रतिशत परिवारले मासिक औषत २ हजार रुपैयाँ अल्कोहलमा खर्च गर्ने गरेको अध्ययनमा पाइएको थियो । यसैगरी अध्ययनमा सहभागी मध्ये ६१ प्रतिशत पुरूष, १८ महिला र १० महिला पुरूष दुबैको जग्गा स्वामित्व रहेको तथ्याङ्क सार्वजनिक गरिएको थियो । सानै समूहमा गरिएको अध्ययनले पनि एक प्रकारको प्रक्षपण पाइएको भन्दै विश्लेषक डाक्टर राजु क्षेत्रीले स्थानीय तथा प्रदेश सरकारले अभिभावकत्व गर्नु पर्ने बताए । परिवारको आर्थिक निर्णय २१ प्रतिशत महिलाको लिने गरेको अध्ययनले देखाएको क्षेत्रीले बताए । समाजमा बालबिबाहको घटना कस्तो छ भन्ने सवालमा ७८ प्रतिशतले बाल विवाह हुने गरेको जवाफ दिएका थिए ।

कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख ललित घलानले खाद्य सुरक्षा र उत्पादन बजारीकरण प्रभावकारी नहुदा समस्या भएको बताए । तालीम लिने र छोड्ने परम्परा छोडेर तालीम र सिपलाई व्यवसाय र जिविकोपार्जनमा जोड्नु पर्ने घलानाले बताए । स्थानीय तहले यस्ता सवालमा ध्यान दिनुपर्ने घलानले बताए । यसै गरी कार्यक्रममा मकवानपुरगढी गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङ्तानले जग्गा बांझो राखेको कारण खाद्य असुरक्षा बढेको बताउँदै परिवारको एक सदस्य वैदेशिक रोजगारमा गएपछि गाउँ छोड्ने गलत परिपाटीको कारण पनि समस्या भएको औल्याए ।

गैसस मकवानपुर अध्यक्ष रमिला सापकोटाले स्थानीय तहहरूले समन्वयकारी भूमिका निर्वाह गर्दै हिंसा न्यूनीकरण, बालमैत्री स्थानीय शासन दीगो कार्यान्वयन गर्नु पर्ने बताइन् । यसैगरी मनहरी ४ का वडा अध्यक्ष प्रकाश थापा वडा अध्यक्षको नेतृत्वले स्थानीय सबैप्रकारको समस्या समाधन हुने बताए । कार्यक्रम ग्रामिण महिला सेवा केन्द्र अध्यक्ष सुलोचना स्याङ्ताको अध्यक्षतामा भएको थियो । खाद्य सुरक्षा बालबामैत्री स्थानीय तह र हिंसा न्यूनीकरणको सवालमा गैसस र सरकारी निकायबाट सहकार्य आवश्यक भएको सरकोवारवालहरुले बताएका थिए ।

पालिका प्रेस
थप जानकारी