तेस्रो थाहा गोल्डकप पुस २६ गतेदेखि थाहा नगरको इन्द्रायणी खेलमैदानमा सुरु भएको छ।  २६ पुसमा   थाहा आन्दोलनका प्रणेता स्व. रुपचन्द्र बिष्टको जन्मजयन्तिको अवसर पारेर राष्ट्रिय सभाका सदस्य रामनारायण बिडारीले प्रतियोगिताको उद्घाटन गरे ।

थाहा नगर खेलकुद विकास समितिका संयोजक राजेश केसीको सभाध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा थाहा नगरपालिका प्रमुख लवशेर बिष्ट, मनहरी गाउँपालिका प्रमुख एकराज उप्रेती, थाहा नगरका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीलगायतले थाहा गोल्डकपको महत्वका विषयमा चर्चा गरे ।

२६ पुसमा सम्पन्न उद्घाटन खेलमा महाङ्काल युवा क्लब र प्रगतिशील युवा क्लब हेटौंडाबिच भएको खेलमा महाङ्काल युवा क्लबले १ गोलले बिजयी सुरुवात गरेको छ । २७ पुस बिहान ८ बजेदेखि प्रतियोगिता सुरुहुने प्रतियोगिताका व्यवस्थापक अनिल लामिछानेले जानकारी दिए । २७ पुस विहान प्रथम खेल डी वाइ सी, डाडाँबास र आहुती युवा क्लब थाक्रे बीच हुनेछ। २६ टिम सहभागी रहेको प्रतियोगिता माघ ५ गतेसम्म चल्नेछ ।

पालिका प्रेस
थप जानकारी