मकवानपुर थाहा नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष हेम कुमार थिङले २ जना विद्यार्थीलाई आफ्नो भत्ता वापत आउने रकमले अध्ययन गराउने घोषणा गरेका छन । ३० चैतमा भएको ८ नम्बर वडाको इन्द्रायणी माविको अभिभावक भेला तथा वार्षिक नतिजा प्रकाशन कार्यक्रममा बोल्दै अध्यक्ष थिङले दुई विद्यार्थीलाई पूर्ण छात्रवृत्तिको घोषणा गरेका हुन ।
अध्यक्ष थिङले विद्यालयले छनौट गरेका दुई विद्यार्थी लाई आफ्नो तलव भत्ता वापत आउने रकमले विद्यार्थीहरुलाई चाहिने पोशाकदेखि शैक्षिक सामाग्रीसम्म सम्पुर्ण खर्च व्यहोर्ने प्रतिवद्धता जनाए । शिक्षक अभिभावक संघ इन्द्राायणी माविका अध्यक्ष रमेश सेन्चुरीको अध्यक्षतामा सम्पन्न अभिभावक भेला तथा नतिजा प्रकाशन कार्यक्रममा गत वर्ष विद्यालयबाट एसईईमा उत्कृष्ट हुने ३ जना विद्यार्थीलाई नगद सहित सम्मानपत्रद्वारा सम्मान गरिएको थियो ।
१ कक्षा देखि ९ सम्म उत्कृष्ट हुने विद्यार्थी र बर्ष भर भएको अतिरिक्त कृयाकलापमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई सम्मान तथा पुरस्कार वितरण गरिएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुमन कार्की, पुर्व वडा अध्यक्ष टिकाराम रुम्बा, कार्यपालिका सदस्य राम प्रसाद कालीराजलगायतका शिक्षक, अभिभावक तथा विद्यार्थीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
अभिभावक भेलामा विद्यालयका प्रधानाध्यापक नारायण कार्कीले आर्थिक बर्ष ०७९÷०८० को ८५ लाख ४५ हजारको आयव्यय तथा आर्थिक बर्ष ०८०÷०८१ को लागि ९० लाख ४५ हजारको अनुमानित आयव्यय प्रस्तुत गरेका थिए ।

















































पालिका प्रेस 







प्रतिक्रिया दिनुहोस्