हेटौंडा उपमहानगरपालिका वडा नंम्बर– ६ लाई पहिलो ‘नो होम डेलिभरी’ वडा घोषणाको तयारी गरिएको छ । ६ नम्बर वडा भित्र घरमा हुने प्रसूती शून्य रहेकाले यस वडालाई नो होम डेलिभरी वडा घोषणा गर्न लागिएको हो । यस वडा भित्रका सबै गर्भवती महिला स्वास्थ्य संस्थामा प्रसूती गराएको तथ्यांक रहेको छ ।

नो होम डेलिभरीका लागि आवश्यक सूचक वडाभरिका सबै गर्भवती महिलाले स्वास्थ्य संस्थामा प्रसूती गराएको, एक आर्थिक वर्ष भरीमा कोहीपनि घरमा सुत्केरी नगराएको, जटिल अवस्थामा रहने ५ प्रतिशत बाहेक ९५ प्रतिशत भन्दा बढी गर्भवती स्वास्थ्य संस्थामा प्रसूती भएको, गर्भवती महिलाले नेपाल सरकारको मापदण्डअनुसार गर्भजाँच गरेको, गर्भवतीले टिडी खोप लगाएको, सुत्केरी र गर्भावस्थामा आइरन चक्की खाएको,सुत्केरी पछिको स्वास्थ्य जाँच गराएको लगायतका संघीय सरकारले तयार गरेका मापडण्ड पूरा भएका छन् ।

घरमा हुने सुत्केरी शून्य वडा घोषणाका लागि हेटौंडा स्वास्थ्य चौकीले ६ नम्बर वडा भित्र रहेका सबै आमा समुहमा पूर्ण सस्थागत सुत्केरी सम्बन्धी छलफल कार्यक्रम सम्पन्न गरेको छ । संस्थागत प्रसूतीलाई निरन्तरता दिन वडाका राजनीतिक दलका प्रमुख, जनप्रतिनिधि, सबै सामाजिक संघ संस्था, आमा समुहले प्रतिबद्धता जनाएका छन् । सबै मापदण्ड पुरा भैसकेकोले पूर्ण संस्थागत सुत्केरी वडा घोषणाको अन्तिम तयारीमा लागिएको स्वास्थ्य चौकी चौघडाका इन्चार्ज टिएन ढुंगेलले जानकारी दिए ।

पालिका प्रेस
थप जानकारी