थाहानगरले लिएको ‘एक घर, एक धारा’ नीतिलाई निरन्तरता दिदै थप वस्तीहरुमा विस्तार गर्ने भएको छ । थाहानगर खानेपानी व्यवस्थापन बोर्डको कार्यालय स्थापना गरी संस्थागत संरचना निर्माण गर्ने नीति लिएको छ ।

शुद्ध खानेपानी सेवा सुनिश्चित र व्यवस्थित गर्नका लागि आवश्यक बीउ पूँजीको व्यवस्था पालिकाले गर्ने भएको छ । नगर क्षेत्रमा संचालन भएका विद्युतमा आधारित लिफ्टीङ खानेपानी आयोजनाका लागि विद्युत महसुलमा ५० प्रतिशत अनुदान दिने नीति पारित भएको छ ।

सबै सार्वजनिक संस्थाहरुमा शुद्ध खानेपानी पु¥याउने, २५ भन्दा बढी धारा संख्या भएका उपभोक्ता समितिहरुलाई क्रमशः खानेपानी बोर्डमा आवद्धता गराइने, खानेपानी महसुल भौगोलिक अवस्था तथा वडा र क्षेत्रको वर्गीकरण अनुसार निर्धारण गरिने तथा महसुल भुक्तानी प्रक्रियालाई अनलाइन प्रणालीमा आधारित बनाउने पालिकाको नीति छ ।

सहकार्यको योजनालाई निरन्तरता दिदै संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनासंगको सहकार्यमा निर्माणाधिन पालुङ वृहत खानेपानी आयोजना वडा नम्बर १, २ ३ र ४ शीघ्र सम्पन्न गरी संचालनमा ल्याइने लक्ष्य पालिकाको छ । थाहानगर क्षेत्रको सबै वडाहरुमा खानेपानी मुलको पहिचान तथा आधारभूत संभाव्यता अध्ययन गरी स्रोत नक्शा समेतको अभिलेख र संक्षिप्त प्रोफाइल गर्ने पारितनीति तथा कार्यक्रममा उल्लेख छ ।

यो पनि पढ्नुहोस्

थाहानगरको नीति तथा कार्यक्रम पारित [पढ्नुहोस् पूर्णपाठ]

पालिका प्रेस
थप जानकारी