थाहा नगरपालिकाबाट हुँदै आएको योजना सञ्चालन सम्बन्धी विभिन्न कामहरु अब वडाबाटै हुने भएको छ । पालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले आफ्नो अधिकार क्षेत्रभित्र रहेका केही कामको वडा सचिवलाई अधिकार प्रत्यायोजन गरेसंगै वडाबाटै काम हुने भएको हो ।

२५ भाद्रमा वडा सचिवहरुलाई दिइएको अधिकार प्रत्यायोजनमा स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा ११ बमोजिम तपसिल बमोजिमका कार्यहरु र प्रमुख प्रशासकीय अधिकृतको अधिकार क्षेत्रभित्र रहेका अधिकारहरु कार्यान्वयन गर्ने गरी तपाईलाई अधिकार प्रत्यायोजन गरिएको जनाइएको छ । प्रशासकीय अधिकृत गिरीले थाहा नगरपालिकाबाट संचालन हुने पाँचलाख सम्मको योजनाको इस्टिमेट स्वीकृत गर्ने, सम्झौता गर्ने, कार्य सम्पन्न प्रतिवेदन र एम. बी. स्वीकृत गर्ने, जाँचपास गर्ने, टिप्पणी पेश गर्ने र भुक्तानीको लागि पेश गर्ने अधिकार वडा सचिवलाई दिइएको छ ।

त्यस्ते योजनाहरुको अनुगमन गरी जाँचपास र फरफारक गर्ने÷गराउने, कार्ययोजना अनुसार समयमै योजना सम्पन्न गराउन वडा कार्यालय, उपभोक्ता समिति र प्राविधिक शाखासंग समन्वय गर्ने, प्रत्यायोजित अधिकारको मासिक रुपमा प्रगती विवरण पेश गर्ने, अन्य प्रमुख प्रशासकीय अधिकृतले दिएको निर्देशन बमोजिम कार्य गर्ने अधिकार प्रत्यायोजन पत्रमा उल्लेख छ ।

पालिका प्रेस
थप जानकारी