नेपाल शिक्षक महासंघ मकवानपुरको नेतृत्वमा यहाँका सबै बिद्यालयहरु बन्द गरेर शिक्षकहरु आन्दोलनका लागि काठमाण्डौं जाने भएका छन् । आज शिक्षकहरुका बिभीन्न पेशागत संगठनहरुले हेटौंडामा पत्रकार सम्मेलन गर्दै आफ्ना मागहरु पुरा गराउनका लागि दवाब दिन बिद्यालय बन्द गरेर काठमाण्डौं केन्द्रीत आन्दोलन गर्न लागिएको हो ।

संघीय सरकारले मन्त्रिपरिषद्बाट स्वीकृत गरेर संसदमा दर्ता गरेको शिक्षा सम्वन्धी बिधेयकमा संशोधन गर्नुपर्ने माग राख्दै आफुहरु आन्दोलनमा उत्रिएको नेपाल शिक्षक महासंघ मकवानपुरका अध्यक्ष जिधराज ढकालले बताउनुभयो । उनीहरुले शिक्षाका सम्पूर्ण अधिकार स्थानीय तहलाई दिन नहुने माग राखेका छन् ।

यही अशोज ३ गतेबाट काठमाण्डौं केन्द्रीत आन्दोलन गर्न लागिएको शिक्षकका पेशागत संगठनहरुले बताएका छन् । पत्रकार सम्मेलनमा नेपाल शिक्षक संघका केन्द्रीय सदस्य राम कुमार अधिकारी, जिल्ला अध्यक्ष गणेश प्रसाद हुमागाईं, नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुरका अध्यक्ष श्रीराम दाहाल लगायतकाले शिक्षकहरुका मागहरु पुरा नगरे सम्म आन्दोलन जारी रहने बताएका छन् ।

शिक्षकहरुले राखेका मागहरु यस्ता छन् ।

 

L