मकवानपुरको राक्सिराङ गाउँपालिका–४ स्थित कालिका माध्यमिक विद्यालयको तह घटुवा भएको छ । शैक्षिक सत्र २०८३ सालबाट १० कक्षासम्म पठनपाठन हुने विद्यालयलाई तह घटुवा गरी ८ कक्षासम्मको पठनपाठन सञ्चालन गर्न लागिएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख पंकस थारुले जानकारी दिए । वि.सं. २०६६ सालबाट कक्षा ९ र २०६७ सालबाट कक्षा १० सञ्चालन भएको उक्त विद्यालयमा विद्यार्थी संख्या न्यून भएका कारण तह घटुवा गरिएको उहाँको भनाइ छ ।
यसवर्ष कक्षा ९ बाट उत्तीर्ण भई कक्षा १० मा गएका ५ जनालाई अन्यत्र विद्यालयमा पठाइएको छ । आगामी वर्षहरुमा विद्यार्थी संख्या बढ्दै गएमा कक्षा थप गर्ने गरी तह घटुवा गरिएको शिक्षा शाखा प्रमुख थारुको भनाइ छ । गत वर्षको आधारभूत तहको परीक्षामा ७ जना विद्यार्थी विद्यालय भर्ना भएकोमा २ जनामात्रै परीक्षामा सहभागी भएका थिए । विद्यालयबाट २०८१ र २०८२ सालको एसईईमा एक–एक जना विद्यार्थी सहभागी भएका थिए ।
पालिकाभित्र रहेका ५० वटा सामुदायिक विद्यालयमध्ये केही विद्यालय विद्यार्थी संख्या कम भएका कारण मर्ज गर्नुपर्ने अवस्था आएको थारुको भनाइ छ । भौगोलिक अवस्था, पहुँच र गुणस्तरका कारण विद्यार्थी संख्या कम भएको उहाँले बताउनुभयो । कालिका माविमा कक्षा ९ र १० मा अध्यापन गराउने शिक्षकहरुलाई मावि सञ्चालन भएका अन्य विद्यालयमा पठाइएको उनले बताए ।


















































पालिका प्रेस 










प्रतिक्रिया दिनुहोस्