थाहा नगरपालिकाको वडा न ११ मा समुदायमा आधारित प्रशामक सेवा सुरु भएको छ । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको सहकार्यमा थाहा नगरपालिका क्षेत्रमा विभिन्न दीर्घ रोगी तथा नसर्ने रोगहरुको घरमै पुगेर उपचार तथा स्वास्थ्य परामर्श सेवा दिदै आएको छ ।

यसक्रममा थाहा नगरपालिकाको वडा नम्बर ११ मा वडा अध्यक्षको पहलमा टिष्टुङको खाप्लुङ, देउराली, तल्लो मालागिरी र चित्रे कुवापानी क्षेत्रमा प्रशामक सेवा सुरु गरिएको वडाध्यक्ष दिनेश बलले जानकारी दिए । प्रशामक सेवाले दीर्घ रोगी तथा र अन्य घातक रोग लागेर अस्पतालसम्म जान नसक्नेहरुको लागि यो सेवा प्रदान गर्दै आइरहेको प्रशामक सेवा थाहानगर संयोजक चिनियाँ लामाले जानकारी दिए । उनले समुदाय भित्र रहेका दिर्घ रोगी तथा नसर्ने रोगहरुको घरमै पुगी उपचार र स्वास्थ्य परामर्श दिदै आइरहेको उल्लेख गरे।

सेवा शुभारम्भमा पाटन अस्पतालका वरिष्ठ चिकित्सक डाक्टर राजकुमार गजमेर, सामुदायिक स्वास्थ्य अधिकृत किवेता बिष्ट, समुदायमा प्रशामक सेवा थाहाका संयोजक चिनियाँ लामाले उपचार सहजीकरण गरेका थिए ।

पालिका प्रेस
थप जानकारी