थाहा नगरपालिकाको वडा नम्बर ३ का ७५ वर्षका दिर्घरोगी महिलालाई एक लाख बराबरको अक्सिजन कन्सन्ट्रेटर सहयोग गरिएको छ । समुदायमा आधारित प्रशामक सेवा अन्तर्गत पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्राविधिक सहयोग तथा हस्पिस नेपाल र थाहा वडा नम्बर ३ को सहकार्यमा कन्सट्रेटर सहयोग गरिएको हो ।

थाहा नगरपालिका वडा नम्बर ३ का अध्यक्ष हिरेन्द्र कुमार रायमाझी र थाहानगर प्रमुखको प्रेस संयोजक शम्भु अधिकारीले प्रशामक सेवासंगको सहकार्यमा बिरामीको घरमै पुगि उक्त सामाग्री हस्तान्तरण गरेका हुन् । पाटन स्वास्थ्य बिज्ञान प्रतिष्ठानको सहकार्यमा थाहा नगरपालिका क्षेत्रमा पाटन स्वास्थ्य बिज्ञान प्रतिष्ठानको प्रशामक सेवा अन्तर्गत क्यान्सर, दम, दिर्घ मुटु रोगी, मिर्गौला फेल, मस्तिष्क पक्षघात, स्ट्रोक तथा अन्य विभिन्न दिर्घ रोगी तथा नसर्ने रोगहरुको घरमै पुगेर उपचार तथा स्वास्थ्य परामर्श सेवा दिदै आइरहेको छ ।

प्रशामक सेवाले दिर्घ रोगी तथा र अन्य घातक रोग लागेर अस्पतालसम्म जान नसक्नेहरुको लागि यो सेवा प्रदान गर्दै आइरहेको प्रशामक सेवाका संयोजक तथा समुदायिक स्वास्थ्य अधिकृत चिनियाँ लामाले बताए । उनले समुदाय भित्र रहेका दिर्घ रोगी तथा नसर्ने रोगहरुको घरमै पुगी उपचार र स्वास्थ्य परामर्श दिदै आइरहेको जानकारी दिए ।

पाटन अस्पतालका वरिष्ठ चिकित्सक तथा प्रशामक सेवा विशेषज्ञ डाक्टर राजकुमार गजमेर, सामुदायिक स्वास्थ्य अधिकृत किवेता बिष्ट, समुदायमा प्रशामक सेवाका संयोजक तथा सामुदायिक स्वास्थ्य अधिकृत लामाले प्रशामक सेवा उपचारमा सहजीकरण गरिरहेका छन् ।

पालिका प्रेस
थप जानकारी