हेटौंडा उपमहानगरभित्र सञ्चालनमा रहेका संस्थागत विद्यालयको गुणस्तरमापन भइरहेको छ । उपमहानगरपालिकाले संस्थागत विद्यालयको मापनका लागि अनुगमन गरिरहेको छ । हेटौंडा उपमहानगर पालिका शिक्षा विकास महाशाखाले हेटौंडामा सञ्चालन रहेको संस्थागत विद्यालयको मापन र शुल्क निर्धारण गर्न विद्यालयको अनुगमन सुरु गरेको महाशाखाले जनाएको छ । संस्थागत विद्यालयमा चर्को शुल्क लिने गरेको गुनासो पनि आइरहेको छ ।

यसअघि हेटौंडाको सत्यमजेभियर्स माध्यमिक विद्यालय र नवोदय शिशुसदन अंग्रेजी माध्यमिक विद्यालयको अनुगमन गरिएको शिक्षा विकास महाशाखा शिक्षाअधिकृत हरिचन्द्र सापकोटाल जानकारी दिए । हाल हेटौंडा उपमहानगर पालिकामा ४८ वटा निजी विद्यालय संचालनमा रहेका छन् । एउटा विद्यालय राम्रो हुनको लागि केके चाहिन्छ भनेर उपमहानगरपालिकाले मापन गरिरहेको सापकोटाले बताए । विद्यालयमापन गर्नको लागि ७० वटा सूचक बनाइएको छ ।

अनुगमनमा विद्यालयको भौतिक संरचना, वर्गीकरण, भर्ना शुल्कलगायतका विषय रहेको शिक्षाअधिकृत सापकोटाले जानकारी दिए । विद्यालयको वर्गीकरण पनि गरिएको जनाइएको छ । हेटौंडाको बालजागृति ईङ्लिस सेकेण्डरी बोर्डिङ स्कुल र ज्ञानदीप शिक्षा निकेतनको पनि अनुगमन गरिएको थियो । अनुगमन समूहमा शिक्षा महाशाखाका विद्यालय निरीक्षक, शिक्षा समितिका सदस्य र प्याव्सन प्रतिनिधि रहने जनाइएको छ ।

पालिका प्रेस
थप जानकारी