बागमती प्रदेशको बुधबार दिउँसो मुख्यमन्त्री तथा मन्त्रिपरिषद् बैठक बसेको छ । बैठक प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको अध्यक्षतामा बसेको हो ।

उक्त बैठकले विभिन्न १४ वटा निर्णय गरेको सरकारका प्रवक्ता एवम् आर्थिक मामिला तथा कानून मन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिए ।

यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु :
१. बागमती प्रदेश सभाको अधिवेशन अन्त्यको लागि सिफारीस गर्ने ।
२. जिल्ला अदालत मकवानपपुरलाई ५ लाख रकम अख्तियारी दिने नयाँ कार्यालय भवन उद्घाटन गर्न भएको खर्चको लागि ।
३.स्थानीय तहमा हस्तान्तरण हुने वित्तिय समानीकरण अनुदान रकम स्वीकृत गर्ने ।
४.बागमती प्रदेश स्तरीय सरकारी पदाधिकारी तथा कर्मचारीको कार्यकक्षको स्तरीकरण सम्वन्धी मापदण्ड २०८० संसोधनसहित स्वीकृत गर्ने ।
५. वन क्षेत्रको भोग अधिकार तथा रुख कटान सम्बन्धमा जग्गा भोगाधिकार मात्रै लिई राख्न्ने ।
६. लैंगिक तथा यौनिक अल्पसंख्यक सम्बन्धि नीति २०८१ को स्वीकृत गर्ने ।
७. आर्थिक वर्ष २०७८/७९ को बाँकी भुक्तानी रकम निकासा स्वीकृत गर्ने ।
८. बागमती प्रदेशमा सरकारी तथा सामुदायिक भवन वा कुनै पनि किसिमको भौतिक संरचना निर्माण गर्दा स्वदेशमै उत्पादन भएका काठ अनिवार्य प्रयोग गर्ने ।
९.प्रदेश श्रम सल्लाहकार परिषद्को गठन गर्ने ।
१०. यही वैशाख २४ गते प्रदेश सरकारी कामकाजको भाषा शुभारम्भ गर्ने ।
११. प्रदेश सरकारी कामकाजको भाषा शुभारम्भ भएको दिन बागमती प्रदेशभरी सार्वजनिक विदा दिने निर्णय ।
१२. सशस्त्र प्रहरी बल ३ नं वाहिनीद्वारा गोताखोर तालिम संचालन गर्ने ।
१३. विपद स्वयम सेवक समूह निर्माण तथा परिचालन गर्ने ।
१४ प्रदेश उच्च शिक्षा नियमावली २०७९ को पहिलो संसोधन गर्ने ।

पालिका प्रेस
थप जानकारी