नेपाली काँग्रेस थाहानगरले आफ्नो दलमा आवद्ध भएका शिक्षकहरुको क्रियाशील सदस्यता खारेज गरेको छ । नेपाली काँग्रेसले आफ्नो दलमा आवद्ध ११ शिक्षकको क्रियाशील सदस्यता खारेज गरेको जानकारी ६ जेठमा थाहा नगरपालिकाका शिक्षा शाखा प्रमुख माधव विक्रम मल्ललाई दिएका तरुणदल थाहानगरका कार्यवहाक सभापति विक्रम गोपालीले जानकारी दिए ।

कार्यवहाक सभापति गोपालीले भने–‘अरु दलले के गर्छन् थाहा छैन, हामीले नगरपालिकाको सूचनालाई कार्यान्वयन गर्यौ यो आँट अरु दलमा छ छैन हेर्न बाँकी छ ।’ थाहा नगरपालिकाकाले शिक्षा मन्त्रालयको निर्देशन अनुसार २३ वैशाखमा दलमा आवद्ध शिक्षकहरुले दलको सदस्यता नलिन आग्रह गर्दै सार्वजनिक सूचना गरेको थियो । नेपाली काँग्रेस थाहानगर सभापति प्रमोद कृष्ण जोशीका अनुसार, नगरका ९ विद्यालयका ११ शिक्षकको क्रियाशील सदस्यता खारेज पार्टीले खारेज गरेको हो । यसरी क्रियाशील सदस्यता खारेज हुनेहरुमा सोम तामाङ, अर्चना आले, श्याम तामाङ, ज्ञानराज कार्की, रिता कठायत, रत्नमायाँ गोले, वसन्त कुमार गोपाली, रुद्र गोपाली, पुस्कर कुमार केसी, कमला पौडेल र जयराम अधिकारी रहेका छन् ।

शिक्षकको क्रियाशील सदस्यता खारेजको पत्र बुझाउँदै काँग्रेस थाहा–४ का सभापति श्रीकृष्ण र्काीले भने–‘ ऐन, नियम र कानुनको पालनामा सदा प्रतिबद्ध रहि देशकै ठुलो लोकतान्त्रिक पार्टी नेपाली काँग्रेस थाहानगर कार्यसमितिद्वारा नेपाल सरकारबाट जारी विधिविधानमा इमान्दारी पूर्वक भुमिका निभाउन हामी सदा अग्रसर हुनेछौ।’

यसैबीच शिक्षा मन्त्रालयले दल त्याग गर्ने शिक्षकको विवरण २ जेठमा माग समेत गरेको छ ।

पालिका प्रेस
थप जानकारी