साउथ एशियन खुल्ला अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा नेपाल गोजरियो कराते दो संघ थाहानगरका खेलाडीले ३ स्वर्ण पदक सहित १० वटा पदक जितेका छन् । प्रतियोगिता नेपाल गोजरियो कराते दो संघको आयोजना काठमाडौको त्रिपुरेश्वर स्थित दशरथ रंगशालाको कभर्ड हलमा १२ र १३ गते भाद्रमा भएको थियो ।
प्रतियोगितामा थाहाका खेलाडीहरु सुस्मिता दोङले ३५ किलो तौल समुहमा स्वर्ण पदक हात पारिन् । त्यस्ते ५० किलो तौल समूहतर्फ आशा मोक्तान र ५५ किलो तौल समुहमा प्रमिला थोकरले स्वर्ण पदक प्राप्त गरेको प्रशिक्षक मानसिं दोङले जानकारी दिए ।
थाहाबाट २६ जना खेलाडीहरुले विभिन्न तौल समुहको प्रतियोगितामा सहभागी भएका थिए । खेलमा डेनी वाइवा, सन्तोष गोपाली, शान्तराम अधिकारी र सन्जिता गोलेले रजत पदक हातपार्दा सुमन घिमिरे, निशा स्याङ्तान र सन्ध्या रुम्बाले कास्य पदक जितेका छन् ।
प्रतियोगितामा नेपाल, भारत, बंगलादेश, भुटानका ३ सय ८५ खेलाडीहरुको सहभागीता रहेको थियो। प्रतियोगितामा विजेता खेलाडिहरुलाई प्रमुख अतिथी राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले मेडल प्रदान गरेका थिए ।
1724939936286-1724940101.jpg
1724939938995-1724940126.jpg
1724939942154-1724940126.jpg
1724939945469-1724940153.jpg
1724939948519-1724940153.jpg