मकवानपुर थाहा नगरस्तरीय प्रथम जेसीज कप डबल ब्याडमिन्टन प्रतियोगिताको उपाधि देव अर्याल र नरेन्द्र मोक्तानको जोडीले हात पारेको छ । थाहा नगरपालिका वडा नम्बर ४ क्याम्पाडाँडा कबर्डहलमा भएको प्रतियोगितामा १२ टिमलाई पछि पार्दै उनीहरुले उपाधि चुमेका हुन् । प्रतियोगितामा संग्राम केसी र मधुसुदन चौधरीको जोडी दोस्रो भएको छ ।
कडा प्रतिस्पर्धाकाबीच भएको खेलमा पहिलो एक÷एक सेट जितेका दुवै प्रतिस्पर्धीले अन्तिम सेटमा देव र नरेन्द्रको टिमले आग्रता लिएपछि उपाधि उचालेका हुन् । प्रथम भएसंगै उनीहरुले नगद १० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र पुरस्कार पाएका छन् । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथी थाहानगर खेलकुद विकास समितिका संयोजक तथा वडा नम्बर १२ का वडाध्यक्ष टिकाराम स्याङ्तानले पुरस्कार वितरण गरेका थिए । थाहा नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष हिरेन्द्र कुमार रायमाझीे विशेष अतिथी रहेको पुरस्कार वितरण समारोह पालुङ जेसिज वर्ष २०२४ का अध्यक्ष निरज रायमाझीको अध्यक्षतामा भएको थियो ।
प्रतियोगितामा दोस्रो भएको संग्राम र मधुसुदनको टिमले नगद ७ हजार शिल्ड, मेडल तथा प्रमाणपत्र पुरस्कार पाएको छ । १३ टिमाको सहभागिता रहेको जेसिजकप ब्याडमिन्टन प्रतियोगिताको उत्कृष्ट खेलाडी संग्राम केसी घोषित भए । उनले नगद २ हजार पाँचसय पुरस्कारसहित ट्रफी हात पारेका छन् । प्रतियोगिता १३ भाद्रबाट लिगचरण अन्तर्गत रही खेलाइएको थियो । प्रतियोगिताका मुख्य निर्णायक यादवजंग रायमाझी रहेका थिए ।

फोटोः श्रीकृष्ण श्रेष्ठ/पालिका प्रेस
प्रतियोगिताका लागि प्रथम पुरस्कार पालुङ जेसिजका वर्ष २०२४ का अध्यक्ष निरज रायमाझीले आफ्नो हजुरबुबा स्वर्गीय रणबहादुर रायमाझीको नाममा प्रायोजन गरेका थिए प्रथम शिल्ड र मेडल पालुङ जेसिज वर्ष २०२४ का महासचिव विक्रम गोपालीले प्रायोजन गरेका थिए । द्वितीय पुरस्कार मकवानपुरगढी जेसिज वर्ष २०२४ का अध्यक्ष विजय पुडासैनीले प्रायोजन गरेका थिए भने शिल्ड र मेडल पालुङ जेसिज वर्ष २०२४ का कोषाध्यक्ष संजय गोपालीले प्रायोजन गरेका थिए । त्यसैगरी उत्कृष्ष्ट खेलाडीको नगद पुरस्कार सिमरा जेसिजका वर्ष २०२४ का अध्यक्ष लक्की रिमाल र ट्रफी पालुङ जेसिजका श्रीकृष्ण श्रेष्ठले प्रायोजन गरेका थिए ।
पुरस्कार वितरण कार्यक्रममा वडा नम्बर ४ का वडाध्यक्ष नारायण लामा, इलाका प्रहरी कार्यालयका प्रमुख श्याम थापा, पालुङ जेसिजका पूर्व अध्यक्षहरु तथा पदाअधिकारीहरु, स्थानीय संघसंस्थाका पदाअधिकारीहरु, सञ्चारकर्मी तथा खेलाडी र खेलप्रेमीहरुको आतिथ्यता रहेको थियो । पालुङ जेसिजको आयोजनामा भएको प्रतियोगिताको समन्वय थाहानगर ब्याडमिन्टन संघ, फरक सोच र शिखर क्लबले गरेको थियो । प्रतियोगिताको मिडिया पार्टनरहरुमा पालिका प्रेस डटकम, थाहापाटी, थाहाटाइम्स, बाइरोड न्यूज, दामन एफएम र टिम टेलिभिजन हेटौंडा रहेका थिए ।
सुशान्त श्रेष्ठको संयोजकत्वमा भएको प्रतियोगिताको प्रचार प्रसारमा सहयोग गर्ने सञ्चारमाध्यमहरु, पुरस्कार प्रायोजक, सहयोगी संस्थाहरुलाई कदरपत्रसहित सम्मान गरिएको थियो । अतिथीहरुलाई पालुङ जेसीज अध्यक्ष निरज रायमाझीले मायाँको चिनो स्वारुप ‘रुदाने’ पुस्तक प्रदान गरेका थिए । सन् २००० मा स्थापना भएको पालुङ जेसिजले विभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ ।

















































पालिका प्रेस 






प्रतिक्रिया दिनुहोस्