मकवानपर थाहा नगरपालिका वडा नम्बर ११ नौखण्डेमा रहेको बागेश्वरी माध्यमिक विद्यालयको अभिभावक भेला, छात्रवृत्ति वितरण, नतिजा प्रकाश तथा शिक्षक सम्मान कार्यक्रम गरेको छ । विद्यालयमा एक समारोहको आयोजना गरी १६ भाद्रमा उक्त कार्यक्रम आयोजना गरिएको प्रधानाध्यापक विरमान स्याङतानले जानकारी दिए ।

विद्यालयले वि.स २०८० को एसईई र कक्षा १२ को परिक्षामा उत्तीर्ण छात्रछात्रालाई सम्मान गरेको छ।

त्यसैगरी कार्यक्रमका विचमा वि.स २०८० को एसईई र कक्षा १२ को परीक्षामा शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल शिक्षकहरुलाई समेत विद्यालयले सम्मान गरेको छ । सो अवसरमा विद्यालयले त्रैमासिक परीक्षाफल सार्वजनिक गर्नुको साथै नेपाल सरकारले विगतदेखि दिदै आएको छात्रवृत्ति समेत वितरण गरिएको विद्यालयका प्रधानाध्यपक स्याङतानले जानकारी दिए ।

कायक्रम मकवानपुर–२ का सांसद महेश कुमार बर्तौलाको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा प्रमुख अतिथि बर्तौलाले थाहा नगरपालिकाकै उत्कृष्ट नतिजा ल्याउन सफल भएकाले विद्यालयलाई बधाई तथा शुभकामना दिए । सांसद बर्तौलाले आगमी दिनमा यस विद्यालयलाई छात्राबास सहितको विद्यालयको रुपमा विकास गर्ने योजना रहेको सुनाए ।

विद्यालय व्यवस्थापन समितिका सदस्य साईला गोलेको अध्यक्षता रहेको कार्यक्रममा थाहानगर शिक्षा अधिकृत प्रमुख सूर्य बहादुर थिङ, प्रेम सागर फाउण्डेसन जनभोजन कार्यक्रमका व्यवस्थापक भोला राउत, वडा सदस्यलगायत विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यार्थी,अभिभावक लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रमको अवसरमा विद्यालयमा साँस्कृतिक कायृक्रम समेत गरिएको थियो । कार्यक्रममा शिक्षक तथा विद्यार्थीहरुले नृत्य प्रस्तुत गरेका थिए ।

 

 

पालिका प्रेस
थप जानकारी