यस वर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई) आउँदो चैत ७ गतेदेखि सुरु हुने भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले १ माघमा एसईईको परीक्षा तालिका सार्वजनिक गरेको छ ।

पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ । यस दिन संस्कृत वेद विद्याश्रमतर्फ अनिवार्य संस्कृत र मदरसातर्फ अनिवार्य अरेविक भाषाको परीक्षा हुनेछ ।

दोस्रो दिन चैत ८ गते अनिवार्य नेपाली विषयको परीक्षा हुनेछ । चैत १० गते अनिवार्य गणित र चैत १२ गते अनिवार्य विज्ञान विषयको परीक्षा हुने परीक्षा नियन्त्रण कार्यालयको तालिकामा उल्लेख छ ।

1_320-1736832731.jpg

पालिका प्रेस
थप जानकारी