मकवानपुर थाहा नगरस्तरीय मेयर कप अन्तरवडा फुटबल प्रतियोगिताको पहिलो दिन दुई खेल सम्पन्न भएका छन् । प्रतियोगिता अन्तर्गत पहिलो खेलमा ट्राइबबेकरबाट जित निकालेर थाहा–८ विजयी भयो भने दोस्रो खेलमा वडा नम्बर ४ विजयी भएको छ ।

११ नम्बर वडालाई ४ नम्बर वडाले ३–० गोल अन्तरले पराजित गर्दै विजयी भएको छ । प्रतियोगितामा ४ नम्बर वडाका साहिल लामाले २ गोल र सुकु लामाले १ गोल गरेका थिए । बदलामा ११ नम्बर वडाबाट कुनैपनि गोल हुन सकेन । प्रतियोगिताको म्यान अफ द म्याच ४ नम्बर वडाका साहिल लामा घोषित भए ।

थाहा नगरपालिकाको आयोजना तथा ऋषेश्वर ११ फुटबल क्लबको व्यवस्थापनमा इन्द्रायणी चौर खेल मैदानमा २२ माघबाट प्रतियोगिता शुरु भएको हो । प्रतियोगिताका विजयी वडाको टिमले नगद ५० हजार र द्वितीय हुनेले ३० हजार रुपियाँ पुरस्कार पाउने छन् । नगदसहित शिल्ड मेडल र प्रमाणपत्र पुरस्कार पाउने क्लबका केशब लामाले जानकारी दिए । खेल नकआउटको आधारमा खेलाइने भएको छ ।

पालिका प्रेस
थप जानकारी