नेपालका प्रथम सहिद क्याप्टेन लखन थापा मगरको शालिक निर्माणको काम सुरु गरिएको छ । शहिदको सबैले सम्मान गर्ने उदेश्यका साथ उनकाे शालिक निर्माणको काम सुरु गरिएको हो । उनको शालिक निर्माणका लागि शिलान्यास गरिएको छ ।

हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१२ मा रहेको लखन बाटिका स्मृतिको प्राङ्गनमा शालिक निर्माण गर्नका लागि मेयर हरि बहादुर महतले शिलान्यास गरे । कार्यक्रममा बोल्दै मेयर महतले लखन थापाले गरेको योगदानको चर्चा गर्दै उहाँलाई सबैले सम्झनु पर्ने बताए ।

स्थानीय सरकारले सधैभरी लखनथापालाई सम्झनका लागि पनि शालिक निर्माण गरिएको बताउनुभयो । थापाको एक सय ५५ औं स्मृति दिवसका अवसर पारेर शालिकको शिलान्यास गरिएको हो । कार्यक्रम लखन थापा नगर स्मृति बाटिका मकवानपुरका अध्यक्ष विश्व कुुमार आलेको अध्यक्षतामा भएको हो ।

पालिका प्रेस
थप जानकारी