मकवानपुरको थाहानगर स्थित पालुङको ऐतिहासिक दशै घरमा फूलपाती भित्र्याउने कार्यक्रमको तयारी भइरहेको छ । मकवानपुरको आग्राबाट फुलपाती ल्याएर थाहानगरको पालुङ स्थित दशै घरमा बढाइ गरी फुलपाती भित्र्याउने चलन रहेको छ । १३ असोज दिउँसो २ बजेट पालुङको फुलपाती चौरमा कार्यक्रम तय गरिएको छ ।
फुलपाती चौरमा इलाका प्रहरी कार्यालय पालुङले शुभ साइतमा बढाइँ गर्ने भएको छ । आग्राको चल्तीबाट अर्यालहरुले पालुङको मत्स्यनारायणसम्म बेलपत्र सहितको फुलपाती ल्याउने र त्यहाँबाट स्थानीय मगर, नेवार, भुजेल, ब्राम्हण सहितको सातजना कर्ताहरुले पालुङको फूलपाती चौरसम्म बाजागाजा सहित ल्याउने परम्परा छ । सोलीडोलीसहित पालुङको फूलपाती चौरमा विधि गरेपछि दशैघरमा भित्र्याइन्छ । २०७२ को भुकम्पले दशैघर भत्किएपछि अहिले वडा कार्यालयमा फुलपाती भित्र्याउने गरिएको छ ।
फूलपाती भित्र्याउने कार्यक्रम पालुङ शहरका नेवार समुदायले व्यवस्थापन गर्दै आएका छन् । कार्यक्रममा सहभागी हुन अनुरोध गरेका छन् । फुलपाती भित्र्याउने कार्यक्रममा थाहा नगरपालिकाका नगर प्रमुख, उपप्रमुख, वडाध्यक्षहरुसहित जनप्रतिनीधिहरु उपस्थित हुनेछन् ।
सुनौं, पालुङको फुलपाती भित्र्याउने परम्पराको महिमाः

















































पालिका प्रेस 







प्रतिक्रिया दिनुहोस्