• विशाल रायमाझी/पालिका प्रेस

मकवानपुरको आग्राबाट फूलपाती ल्याएर थाहानगरको पालुङ शहरमा भित्र्याइएको छ । १३ असोजमा फूलपाती चौरमा पुजाविधि सकेर वडा कार्यालयमा बजागाजासहित फूलपाती भित्र्याइएको हो । वि.सं. २०७२ सालको भुकम्पले क्षति पु¥याएको दशैघर पुर्ननिर्माणको चरणमा रहेकोले वडा कार्यालयमा फूलपाती भित्र्याइएको हो ।

फूलपातीको पुजाविधिका क्रममा इलाका प्रहरी कार्यालय पालुङले बढाइँसहित सलामी दिएको थियो । आग्राको चल्तीबाट अर्यालहरुले पालुङको मत्स्यनारायणसम्म बेलपत्र सहितको फूलपाती ल्याउने र त्यहाँबाट स्थानीय मगर, नेवार, भुजेल, ब्राम्हण सहितको सातजना कर्ताहरुले पालुङको फुलपाती चौरसम्म बाजागाजा सहित ल्याउने परम्परा छ । डोलीमा राखेर हर्षोल्लासका साथ ल्याइने फलुपातीले थाहानगरमा दशैं आएको संकेत गर्दछ ।

फूलपाती भित्र्याउने कार्यक्रममा थाहा नगरपालिकाका नगर प्रमुख विष्णु बहादुर विष्ट, उप–प्रमुख भरत गोपाली, २ नम्बर वडा अध्यक्ष बम बहादुर सिन्तान तथा सदस्यहरु, थाहानगरका सामाजिक विकास शाखा प्रमुख अनिल लामिछाने, पर्यटन शाखा प्रमुख सुरज भुजेल, इलाका प्रहरी कार्यालय पालुङका प्रमुख सविनबाबु अर्याल, पूर्व जनप्रतिनीधि श्यामभक्त श्रेष्ठ तथा पत्रकार र सुरक्षा निकायको उपस्थिती उपस्थिती रहेको थियो ।

वडा कार्यालयलाई नै दशै घर मानेर घटस्थापनाको दिन स्थानीयहरुले सामुहिक जमरा राखेका छन् । पालुङको दशै घरमा महाअष्टमी राती कालरात्री गरिन्छ । महानवमीको दिन दशै घर नजिकैको कोतमौलामा कोतपुजा र विजयादशमीको दिन टीका तथा जमराको कार्यक्रम समेत रहेको थाहा नगरपालिका वडा नम्बर २ का निरोज प्रधानले जानकारी दिए । फूलपाती भित्र्याउन पालुङ शहरमा आयोजित वृहत साँस्कृतिक समारोहमा स्थानीय नेवारी बाजागाजाको साथै बैण्डबाजा समेत बजाइएको थियो ।

हेर्नुहोस् फोटो फिचरः

 

 

 

 

 

विशाल रायमाझी
थप जानकारी