मकवानपुरको थाहा नगरपालिकामा विनयबाबु स्मृति जिल्लास्तरीय रिनिङ शिल्ड भलिबल प्रतियोगिता २ कातिकबाट हुने भएको छ । विनयबाबु स्मृति प्रतिष्ठानको आयोजनामा हुने प्रतियोयगिता २ देखि ४ कातिकसम्म थाहा–२ फाँटबजारमा हुनेछ । आठौँ संस्करणको यस प्रतियोगिता थाहा नगरपालिका मुख्य प्रायोजक र २ नम्बर वडा कार्यालयकोे सहयोगमा हुने प्रतिष्ठानका अध्यक्ष शंकर कार्कीले जानकारी दिए ।
प्रतिष्ठानले दिपावलीको अवसर पारेर विगत ७ वर्षदेखि प्रतियोगिताको आयोजना गर्दै आएको छ । प्रतियोगिताका लागि टिम दर्ता ३१ असोजसम्म गरिसक्नुपर्ने छ । आयोजक समितिले टिम दर्ता शुल्क ३ हजार रुपैयाँ तोकेको जनाएको छ ।
प्रतियोगिताको उपाधि विजेता टिमले ५५ हजार ५ सय ५५ रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले २८ हजार ८ सय ८८ रुपैयाँ, तृतीय हुने टिमलाई ११ हजार १ सय ११ सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ ।
त्यस्तै विधागत उत्कृष्ट खेलाडीहरुका लागि पनि पुरस्कारको व्यवस्था गरिएको छ । गत वर्षको सातौँ र त्यसअघिको छैठौं संस्करणमा थाहा–२ को मंगलेश्वर युवा क्लबले लगातार जितेको थियो । आठौँ संस्करणको उपाधी पनि मंगलेश्वरले जितेमा रनिङ शिल्ड मंगलेश्वरकै हुनेछ ।











































पालिका प्रेस 








प्रतिक्रिया दिनुहोस्