मनहरी–५ रुन्चेडाँडामा रहेको मदन आश्रित प्राथमिक विद्यालयलाई चैनपुर जेसीज मनहरीले स्टेसनरी सामग्री वितरण गरेको छ । जेसीज सप्ताह २०२५ को दोस्रो कार्यक्रमअन्तर्गत २७ असोजमा एक कार्यक्रमबीच स्टेसनरी सामग्री वितरण गरेको हो ।
कार्यक्रम संयोजक राजकुमार उप्रेतीको संयोजकत्व एवम् शाखाअध्यक्ष कृष्णप्रसाद ढकालको अध्यक्षतामा भएको कार्यक्रममा मनहरी–५ का वडाअध्यक्ष दीपेन्द्र अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष पम्फा बस्नेत, विद्यालयका प्रधानाध्यापक दीपक पौडेल, जेसीज सप्ताह मुल कार्यक्रम संयोजक एवम् कार्यकारिणी उपाध्यक्ष मिलन ढुंगानालगायतले मन्तव्य व्यक्त गरेका थिए । विशेषगरी जनजाति र विपन्न समुदायका बालबालिका अध्ययनरत विद्यालयमा ५५ जना विद्यार्थी रहेका छन् ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष बस्नेतले विद्यालयको अवस्था जीर्ण रहेको र विपन्न समुदायका बालबालिका अध्ययनरत रहेकोले अन्य संघसंस्थासँग सहयोगको अपेक्षा गरिन् । प्रमुखअतिथि मनहरी–५ का वडाअध्यक्ष अधिकारीले स्थापनाकाल देखि नै जेसीजसँगको सहकार्य गर्दै आएको स्मरण गर्दै जेसीजले गरेको सहयोगले बालबालिकाको पढाईमा सहयोग मिल्ने विश्वास व्यक्त गरे । विद्यालयको शैक्षिक र भौतिक विकासको निम्ति वडा कार्यालयले गर्नुपर्ने सहयोग गर्दै आएको र आगामी दिनमा पनि निरन्तरता दिँदै जाने प्रतिबद्धता जनाए











































पालिका प्रेस 
















प्रतिक्रिया दिनुहोस्