मकवानपुर थाहा नगरपालिकाको फाँट बजारमा जिल्लास्तरीय रनिङशिल्ड भलिबल प्रतियोगिता अन्तर्गत ३ कार्तिकमा ४ मध्ये ३ वटा क्वाटर फाइनलको खेल सकिएको छ । विनयबाबु बस्नेत स्मृति प्रतिष्ठान थाहा नगरपालिका वडा नम्बर २ को आयोजनामा आठौं संस्करणको ३ कार्तिकमा भएको क्वाटर फाइनलको खेलमा तमु बहुद्देश्यीय, डिमर्स र आयोजक बिनयबाबु बस्नेत स्मृति प्रतिष्ठान सेमिफइनलमा प्रवेश गरेका छन् ।
क्वटर फाईनल अन्तर्गतको पहिलो खेलमा राम्चे सल्लेलाई तमु बहुद्देश्यीयले २६/२५ र २५/१२ को सोझो सेटमा पराजित गर्दै तमु सेमि फाइनलमा प्रवेश गरेको थियो । प्रतियोगितामा बिबेक माझी म्यान अफ द म्याच घोषित भए। दोस्रो क्वाटर फाईनलमा बज्रबाराही “बि”लाई डिमर्सले २५/१८ र २५/२१ को सोझो सेटमा जित निकाल्दा म्यान अफ द म्याच भने राजिब लामिछाने घोषित भए ।
३ कार्तिकमै भएको तेस्रो क्वाटरफाईनल खेलमा बिनयबाबु बस्नेत स्मृति प्रतिष्ठान र उन्युचौर आग्राको रामान्चक खेलमा पहिलो सेट २५/२३ ले उन्युचौरले जित निकालेकोमा आयोजकले उत्कृष्ट पुनारागमन गर्दै २५/२२ र १५/०७ को नतिजा सहित सेमिफाईनल प्रवेश गर्न सफल भएको थियो । प्रतियोगितामा प्रबेश कार्की म्यान अफ द म्याच घोषित भए । क्वटर फाइनल चरणकै एउटा खेल बाँकी छ । मंगलेश्वर र बज्रबाराही “ए” बीचको क्वाटर फाइनलको खेल ४ कार्तिक विहान ७ बजे हुने आयोजक विनयबाबु स्मृति प्रतिष्ठानका अध्यक्ष शंकर कार्कीले जानकारी दिए ।

प्रतियोगिताको सेमिफाइनल र फाइनल खेल पनि ४ कार्तिकै हुने अध्यक्ष कार्कीले जानकारी दिए । थाहा नगरपालिकाका प्रमुख विष्णु बहादुर विष्टको प्रमुख आतिथ्यतामा हुने पुरस्कार वितरण समारोहमा उपस्थित हुन सम्पूर्णलाई आयोजकले अनुरोध गरेको छ ।
प्रतियोगितामा प्रथम हुनेले नगद ५५ हजार ५ सय ५५ सहित शिल्ड, मेडल तथा प्रमाणपत्र पाउने छन् । त्यस्तै दोस्रो हुने टिमले नगद २८ हजार ८ सय ८८ रुपियाँ सहित शिल्ड, मेडल तथा प्रमाणपत्र तथा तेस्रो हुनेले ११ हजार १ सय ११ रुपैयाँ सहित शिल्ड मेडल तथा प्रमाणपत्र सहित बिधागत उत्कृष्ट खेलाडीहरुले नगद सहित मेडल तथा प्रमाणपत्र पाउने प्रतिष्ठानले जनाएको छ । सशस्त्र प्रहरीमा सेवारत् विनयबाबु बस्नेतको दुर्घटनामा परी मृत्यू भएपछि उनको नाममा २०७४ सालबाट यो प्रतियोगिता शुरु गरिएको हो ।

















































पालिका प्रेस 







प्रतिक्रिया दिनुहोस्