विनयबाबु स्मृति जिल्लास्तरीय रनिङशिल्ड भलिबल प्रतियोगिताको फाइनलमा आयोजक र तमु बहुद्देश्यीय थाहा–५ प्रवेश गरेका छन् । आयोजक विनयबाबु स्मृति प्रतिष्ठानले साविक विजेता मंगलेश्वर युवा क्लबलाई तमुले डिमर्स युवा क्लबलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।

लगातार दुई वर्षको साविक विजेता मंगलेश्वरलाई आयोजक विनयबाबु स्मृति प्रतिष्ठानले हराएसँगै शिल्ड खोसिएको छ । यसवर्ष पनि मंगलेश्वरले जितको भए शिल्ड मंगलेश्वरकै कब्जामा हुने थियो । प्रतियोगितामा मकवानपुरका १२ टिमको सहभाष्गिता रहेको छ ।
फाइनल खेल ४ कार्तिक दिउँसो २ बजे पश्चात हुने आयोजकले जानकारी दिएको छ । थाहा नगरपालिकाका प्रमुख विष्णु बहादुर विष्टको प्रमुख आतिथ्यतामा हुने पुरस्कार वितरण समारोहमा उपस्थित हुन सम्पूर्णलाई आयोजकले अनुरोध गरेको छ ।
प्रतियोगितामा प्रथम हुनेले नगद ५५ हजार ५ सय ५५ सहित शिल्ड, मेडल तथा प्रमाणपत्र पाउने छन् । त्यस्तै दोस्रो हुने टिमले नगद २८ हजार ८ सय ८८ रुपियाँ सहित शिल्ड, मेडल तथा प्रमाणपत्र तथा तेस्रो हुनेले ११ हजार १ सय ११ रुपैयाँ सहित शिल्ड मेडल तथा प्रमाणपत्र सहित बिधागत उत्कृष्ट खेलाडीहरुले नगद सहित मेडल तथा प्रमाणपत्र पाउने प्रतिष्ठानले जनाएको छ । सशस्त्र प्रहरीमा सेवारत् विनयबाबु बस्नेतको दुर्घटनामा परी मृत्यू भएपछि उनको नाममा २०७४ सालबाट यो प्रतियोगिता शुरु गरिएको हो ।

















































पालिका प्रेस 







प्रतिक्रिया दिनुहोस्