हेटौंडा उपमहानगरपालिका–८ कमानेमा सम्पन्न ८ ‘ए’ साइड महिला फुटबल प्रतियोगिताको उपाधि आयोजक कमाने फुटबल एकेडेमीले जितेको छ ।

चन्द्रोदय माध्यमिक विद्यालयको खेलमैदानमा आइतबार भएको फाइनलमा हेटौंडा फुटबल एकेडेमीलाई ४–० गोल अन्तरले हराउँदै आयोजक कमाने फुटबल एकेडेमीले उपाधि जितेको हो । प्रतियोगिताको उपाधि विजेताले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेताले ३० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

पालिका प्रेस
थप जानकारी