थाहा नगरस्तरीय अन्तर वडा मेयरकप रनिङ शिल्ड फुटबल प्रतियोगिताको सेमिफइनल खेल ६ मंसिरमा हुने भएको छ । ५ मंसिरमा भएको खेलबाट वडा नम्बर १, ३, ७ र ८ सेमिफाइनलमा प्रवेश गरेका हुन् ।

सेमिफाइनल अन्तर्गतको पहिलो खेल वडा नम्बर १ र वडा नम्बर ८ बीच हुने छ भने दोस्रो खेल वडा नम्बर ३ र वडा नम्बर ७ बीच हुने प्रतियोगिताका व्यवस्थापक खेलकुद विकास समिति थाहा–४ का सुमन विष्टले जानकारी दिए । सेमिफइनल अन्तर्गतको पहिलो खेल विहान ११ बजे शुरु हुने विष्टले जानकारी दिए ।

थाहा नगरपालिकाको आयोजना तथा ४ नम्बर वडा खेलकुद विकास समितिको व्यवस्थापनमा भएको प्रतियोगिता इन्द्रायणी चौरमा भइरहेको छ । थाहा नगरपालिकाको आयोजनामा हुने प्रतियोगितामा विजेताले नगद ५० हजार रुपैयाँ, उपविजेताले नगद २५ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

पालिका प्रेस
थप जानकारी