मकवानपुर थाहा नगरपालिकाको प्रसिद्ध धार्मिक स्थल इन्द्रायणी माइको चौरमा सरसफाई गरिएको छ । तीस्न वर्षे जात्राको अवसरमा राखिएको पसल तथा व्यवसायबाट हुन गएको फोहोर संकलन गरी व्यवस्थापन गर्दै चौर सरसफाई गरिएको हो ।

थाहा नगरपालिकाका प्रमुख बिष्णु बहादुर बिष्टको नेतृत्वमा नगर प्रहरी, इलाका प्रहरी कार्यालय, इन्द्रायणी भगवती कालाभैरव गुठी संरक्षण समिति, इन्द्रायणी बस्ती, र पालुङका स्थानीय युवाहरूको सक्रिय सहभागिता रहेको थियो । सरसफाइ कार्यक्रममा थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निरज पौडेल, प्रशासन महाशाखा प्रमुख नवीन खालिङ, आर्थिक प्रशासन शाखा प्रमुख अमर जिसी, इलाका प्रहरी कार्यालय पालुङका प्रमुख रुक्सा बज्राचार्य, थाहानगर उद्योग वाणिज्य संघका उपाध्यक्ष सुरेन्द्रमान प्रधान, इन्द्रायणी भगवती काला भैरब गुठी संरक्षण समितिका अध्यक्ष श्यामभक्त श्रेष्ठ, नगर प्रहरी प्रमुख किरण गिरी, पत्रकार शम्भु अधिकारी, तथा औद्योगिक शान्ती नेपालका अनित बिष्ट लगायतका प्रमुख व्यक्तिहरूको उपस्थिति रहेको थियो।

सरसफाइ अभियानमा जुटेका समुदायका सदस्यहरूले जात्रामा निस्केको फोहोरलाई नगरपालिकाको सेग्रिगेशन हाउसमा व्यवस्थापन गरेका थिए । यस क्रममा, तीन दिनसम्म चलेको मेलामा हजारौँ भक्तजनहरूले इन्द्रायणी जात्राको अवलोकन गरेका थिए । इन्द्रायणी जात्रा प्रत्येक ३ वर्षमा एकपटक लाग्ने गर्दछ । सो अवसरमा थाहा नगरपालिकाको प्रमुख बिष्टले भने,–‘आजको सरसफाइ अभियानले नगरको स्वच्छता र जनचेतनामा नयाँ दिशा दिएको छ । समुदायको सक्रियताले यो अभियानलाई सफल बनाएको छ।’


























































प्रतिक्रिया दिनुहोस्