मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर १० गोपीराङमा दश घरमा शौचालय निर्माण हुने भएको छ । तामाङ र सीमान्तकृत चेपाङ समूदायको बसोबास रहेको उक्त ठाउँमा शौचालय निर्माण हुने भएको हो । सुरक्षित तथा व्यवस्थित शौचालय निर्माण हुने भएपछि स्थानीयहरुमा खुसी छाएको छ ।

गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले ८ पुसमा लाभग्राहीलाई शौचालय प्यान हस्तान्तरण गर्दै समय सीमाभित्र निर्माण गर्न आग्रह गरेका छन् । ‘खाल्डो खनी सक्नुभएको छ, अब तोकिएको सयम भित्र निर्माण सम्पन्न गर्नुस्’–उनले भने । राज्यले एक घर एक धाराको अवधारणा ल्याएसँगै उक्त अवधारणाको सूचकमा शौचालय र सरसफाई रहने अध्यक्ष मुक्तानले बताए । जथाभावी दिशा पिसाबले विभिन्न रोग, पानीजन्य रोगहरु लाग्ने भएकाले शौचालयमै दिशापिसाब गरिनुपर्ने सुझाए । संस्थाको आफ्नो नियम रहन्छ, समय सीमाभित्रै शौचालय निर्माण गर्नुस्, उनले भने । गाउँपालिकाले छिट्टै सुरक्षित खानेपानीको लागि काम गर्नेछ । घर सँगै चर्पी निर्माण गर्नुपर्ने दायित्व तपाईकै हो किन निर्माण गर्नु भएन । अब सधैं झाडी, खोल्सा खोला किनारको भर पर्नु हुन्न, उहाँहरुले लगानी गरेर दिनु भएको निर्माण सामाग्रीको सदुपयोग गरि हाम्रो लागि हो यो भनेर समयमै काम सक्न निर्देशन दिए ।

कार्यक्रममा वडा १० का वडाध्यक्ष सुर्यबहादुर ब्लोनले सरसफाइमा ध्यान दिन आग्रह गरेका छन् । शौचालय निर्माण पछि बालबालिका र वयोवृद्धलाई सहजता रहने उनले बताए । ३५्३६ घरधुरी छ, पहिलो चरणमा १० घरलाई शौचालय निर्माण गरिने, समयमै निर्माण सके दोस्रो चरणमा १० घरलाई शौचालय निर्माण समाग्री वितरण गरिने वडाध्यक्ष ब्लोनले बताए ।

बाल विकास कार्यक्रम नेपालले पहिलो चरणमा १० घरधुरीलाई शौचालय निर्माणको लागि आवश्यक पर्ने सम्पूर्ण निर्माण सामाग्री सहयोग गरेको हो । यस अघि कैलाश ३ खिर्कीमा २० घरधुरीलाई आवश्यक सामाग्री हस्तान्तरण गरि निर्माण कार्य भइरहेको छ ।

पालिका प्रेस
थप जानकारी