मकवानपुरको बकैया गाउँपालिकालाई बालबिबाहमुक्त पालिका बनाउनको लागी बालबिबाह बिरुद्धको प्रतिबद्धता कार्यक्रम भएको छ । बकैया गाउँपालिकाको अध्यक्ष धर्मराज लामिछानेको प्रमुख आतिथ्यता, बालिका दुलही होइनन् राष्ट्रिय संजालको अध्यक्ष एबं बालकल्याण समाजको अध्यक्ष प्रकाश खतिवडा तथा सामाजिक विकास संयोजक गोपाल बहादुर न्यासुरको बिशेष आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा स्वतन्त्रता अभियानको सिनियर कार्यक्रम प्रबन्धक प्रतिक्षा केशी, पालिकाको सामाजिक विकास शाखा प्रमुख फटिक रमण प्याकुरेल, महिला बिकाश निरीक्षक होम कुमारी संजेल, बरिष्ट शिक्षा अधिकृत आईतराम तामाङ, रोजगार संयोजक रामचन्द्र खड्का, मनोसामाजिक परामर्शकर्ता शान्ति स्याङ्बो लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रम बकैया गाउँपालिका, बालिका दुलही होइनन् राष्ट्रिय संजाल नेपाल (जिएनबि नेपाल), स्वतन्त्रता अभियान नेपाल र बाल कल्याण समाज मकबानपुरको संयुक्त आयोजनामा भएको थियो । उक्त कार्यक्रम बालबिबाह बिरुद्धक अभियान अन्तर्गतको बालबिबाह, उमेर नपुगेको बिबाह र जबरजस्ती हुने बिबाह बिरुद्ध हस्ताक्षर गर्दै प्रतिबद्धता जनाईएको थियो । बकैया गाउँपालिकाको अध्यक्ष धर्मराज लामिछानेले बकैया गाउँपालिकाबाट बालबिबाहमुक्त गर्ने अभियान संचालन गरिएको बताए ।
बकैया गाउँपालिकाको उपाध्यक्ष भक्त बहादुर खत्रीले बालबिबाह अन्त्य गर्न ज्यादै जटिल रहेको अबस्थामा पनी किशोरी र बालिकाको अधिकार संरक्षणको लागी पालिकाले बिशेष रुपमा यस्ता कार्य गर्नु अपरिहार्य रहेको बताए । बालिका दुलही होइनन् राष्ट्रिय संजाल नेपालको राष्ट्रिय अध्यक्ष एबं बाल कल्याण समाजको अध्यक्ष प्रकाश खतिवडाले बालबिबाह, उमेर नपुग्दै हुने बिबाह र जबरजस्ती हुने बिबाह अन्त्यको लागी पालिकाले बहुक्षेत्रीय अबधारणा र लैगिंक रुपान्तरणकारी दृष्टिकोणको आधारमा कार्य गरिनु पर्नेमा जोड दिनु भएको थियो । बडा अध्यक्ष एबं सामाजिक विकाश संयोजक गोपाल बहादुर न्यासुरले बालबिबाह अन्त्य गर्न टोल विकास संस्था, आमा समूह र बाल क्लबलाई ब्यापक रुपमा परिचालन गर्दै सचेतनामूलक कार्यक्रम संचालन गरिनेबारे बताए । कार्यक्रम उपाध्यक्ष भक्तबहादुर खत्रीको सभाध्यक्षतामा भएको थियो ।

















































पालिका प्रेस 






प्रतिक्रिया दिनुहोस्