थाहा नगरपालिका शिक्षा शाखाले गत शैक्षिक सत्रमा कक्षा ८ र एसईई परीक्षामा उत्कृष्ट नतिजा हासिल गरेका थाहानगरका विद्यालयसहित विद्यार्थी र शिक्षकलाई सम्मान गरेको छ । शाखाले २६ जेठमा एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको हो ।

सम्मानित हुनेहरुमा एसईईतर्फ सामुदायिक विद्यालयमध्ये औसत जीपीए २.२६ सहित प्रथम हुने मत्स्यनारायण मावि सोल्टु, २.०४ जीपीएसहित दोस्रो हुने झम्केश्वरी मावि ओखरबजार, १.९० जीपीएसहित तृतीय हुने स्वरस्वती मावि देउखेल सम्मानित भएको हो । संस्थागततर्फ ३.१९ जीपीए सहित प्रथम हुने पालुङ अंग्रेजी आवासीय मावि अंगारे, ३.१२ जीपीएसहित द्वितीय हुने पालुङ भ्याली हार्ट एकेडेमी स्कुलचोक, ३.११ जीपीएसहित तृतीय हुने पालुङ मोडर्न इङ्लीस मिडियम स्कुल ओखरबजार सम्मानित भएको छ ।

विषयगत उत्कृष्ट शिक्षकमा सामुदायिकतर्फ मत्स्यनारायण माविका शिक्षक दिनेश केसी (अंग्रेजी), चन्द्रप्रसाद बराल (नेपाली), श्याम तामाङ (सामाजिक), देवचन्द्र ढकाल, (ऐच्छिक प्रथम), सरस्वती माविका राजेन्द्र सिंङ दाहाल (गणित), जनकल्याण माविका धनबहादुर गोले (विज्ञान) र इन्द्रायणी माविका नारायणबहादुर कार्की (ऐच्छिक द्वितीय) सम्मानित भएका छन् । संस्थागत विद्यालयतर्फ पालुङ अंग्रेजी आवासीय माविका शिक्षक मेरिना तौजले (अंग्र्रेजी), योगबहादुर सिन्तान (गणित), बिराज रायमाझी (विज्ञान), जुनु उप्रेती (सामाजिक), पालुङ भ्याली हार्ट एकेडेमीका सुर्जमाया श्रेष्ठ (नेपाली), सम्झना केसी (लेखा) र पालुङ मोडर्न इङ्लीस मिडियम स्कुलका आयुष खत्री (ऐच्छिक प्रथम) सम्मानित भए ।

उत्कृष्ट विद्यार्थीमा सामुदायिकतर्फ मत्स्यनारायण मावि रोहित भ्लोन (३.७ जीपीए) प्रथम, मत्स्यनारायण माविकै आर्शन थापा (३.६३ जीपीए) द्वितीय र जनकल्याण माविका जेशिका ढकाल (३.५४ जीपीए) तृतीय स्थानबाट सम्मानित भए । संस्थागत विद्यालय विद्यार्थीमा हिमालयन इङ्लीस सेकेन्डरी बोडिङ स्कुलका सजिना रायमाझी (३.८७ जीपीए) प्रथम, पालुङ मोडर्न इङ्लीस मिडियम स्कुलका सोप्निल प्रधान (३.७३ जीपीए) द्वितीय र सरस्वती विद्या मन्दिरका सेन्ड्रीला गोपाली (तृतीय) स्थानबाट सम्मानित हुन सफल भए ।

यसैगरी कक्षा ८ मा सामुदायिक विद्यालयतर्फ औसत जीपीए ३.२० सहित इन्द्रायणी मावि आग्रा प्रथम, ३.१५ जीपीए सहित सरस्वती मावि देउखेल द्वितीय, ३.०५ जीपीए सहित सुनौला मावि कुन्छाल तृतीय, संस्थागततर्फ ३.४६ जीपीए सहित सरस्वती विद्या मन्दिर बज्रबाराही प्रथम, ३.४२ जीपीए सहित पालुङ मोडर्न इङ्लीस मिडियम स्कुल ओखरबजार द्वितीय र ३.४१ जीपीए सहित पालुङ भ्याली हार्ट एकेडेमी तृतीय स्थानबाट सम्मानित भएको छ । कक्षा ८ मा सामुदायिक विद्यालयका उत्कृष्ट शिक्षकतर्फ सरस्वती माविका बिष्णु वाइबा (नेपाली), सरस्वती माविकै सन्ध्या पौडेल (अंग्रेजी), सुनौला माविका सबिना अर्याल (गणित), दुर्गादेवी माविका बिनिसा अमात्य (विज्ञान), इन्द्रायणी माविका सरस्वती कार्की (सामाजिक), दुर्गादेवी माविका सुवाश जोशी (स्वास्थ्य तथा शारीरिक), नारायणबहादुर कार्की (थाहा ज्ञानमाला) सम्मानित भएका छन् ।

संस्थागत विद्यालयका उत्कृष्ट शिक्षकतर्फ पालुङ भ्याली हार्ट एकेडेमीका सुर्जमाया श्रेष्ठ (नेपाली), पालुङ मोडर्न इङ्लीस मिडियम स्कुलका मोहनसिंह वाइबा (अंग्रेजी), सरस्वती विद्या मन्दिरका इश्वर महर्जन (गणित), पालुङ अंग्र्रेजी आवासीय माविका विराज रायमाझी (विज्ञान), पालुङ मोडर्न इङ्लीस मिडियम स्कुलका सीता कुँवर (सामाजिक), इअन इङ्लीस एकेडेमी बज्रबाराहीका कमल गोपाली (स्वास्थ्य तथा शारीरिक) र पालुङ भ्याली हार्ट एकेडेमीका सम्झना केसी (थाहा ज्ञानमाला) सम्मानित भएका छन् । सामुदायिक विद्यालयका उत्कृष्ट विद्यार्थीमा सुनौला माविका सलिना थिङ प्रथम, सुन्दरीदेवी माविका जेनिफा वाइबा द्वितीय र झम्केश्वरी माविका स्मृका प्रधान तृतीय भएका छन् ।

यसैगरी संस्थागत विद्यालयका विद्यार्थीतर्फ सरस्वती विद्या मन्दिरका आरध्या उप्रेती, आशिष दोङ र उज्वल श्रेष्ठ क्रमशः प्रथम, द्वितीय र तृतीय स्थानबाट पुरस्कृत भएका छन् । प्रथम, द्वितीय र तृतीय भएका विद्यार्थीलाई जनही ५ हजार, ४ हजार र ३ हजार रुपैयाँबाट पुर स्कृत गरिएको हो । थाहा नगरप्रमुख विष्णुबहादुर विष्ट, शिक्षा समिति सदस्य सुरेन्द्रमान प्रधान, हरिकृष्ण कार्की, उर्मिला गोपाली, परीक्षा समिति सदस्य नारायणबहादुर कार्की, शिक्षाअधिकृत सूर्यबहादुर थिङ, मुना थपलिया, देबेन्द्र कार्कीलगायतले खादा, प्रमाणपत्रलगायतले सम्मान गरेका हुन् । थाहा नगरपालिका प्रमुख विष्टले सबै विद्यालय र शिक्षकलाई धन्यवाद दिँदै अझै आगामी दिनमा थप गुणस्तर वृद्धिका लागि सबै सकारात्मक भएर काम गर्नुपर्ने बताए । शिक्षा समिति सदस्य कार्कीले अझैपनि शिक्षाक्षेत्रमा थुप्रै समस्या रहेको बताउँदै पालिकाले सुधारको काम गर्न आवश्यक रहेको बताए । प्याव्सन थाहा नगरअध्यक्ष एवम् शिक्षा समिति सदस्य प्रधानले संस्थागत र सामुदायिक विद्यालय भनेर फरक व्यवहार गर्न आवश्यक नभएको बताउँदै असार महिनादेखि आइतबार पनि विद्यालय संचालन गर्न आवश्यक रहेको हुँदा सबैले सकारात्मकरुपले बुझिदिन आग्रह गरे ।

थाहा नगरमा गतवर्ष कक्षा ८ मा ९४ प्रतिशत र एसईईमा ५७ प्रतिशत नतिजा हासिल गरेको थियो ।

पालिका प्रेस
थप जानकारी