संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दश जना सहसचिवहरुको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठको मन्त्रिस्तरीय निर्णय गर्दै सहसचिवहरुको सरुवा गरिएको हो ।  जसमा जनरल इन्जिनियरिङ समूहका ५ जना, वन समूहका २ जना र प्रशासन समूहका ३ जना सहसचिवहरूको सरुवा भएका छन् ।

जसमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव गणेशराज वस्तीलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्तमा तानेर उनको ठाउँमा प्रेमदत्त भट्टलाई खटाइएको छ । यस्तै स्थानीय पूर्वाधार विकास आयोजना गण्डकी प्रदेशका कुमार थापालाई मन्त्रालयको अतिरिक्त तानेर सामान्यको अतिरिक्तमा राखिएका शंकर पण्डित र कृष्णकुमार मिश्रलाई क्रमशः स्थानीय पूर्वाधार विकास लुम्बिनी र मधेश प्रदेशमा सरुवा गरिएको छ ।

यस्तै वन तथा वातावरण मन्त्रालयका दुर्गाबहादुर कार्कीलाई वन, वातावरण तथा भू–संरक्षण मन्त्रालय–लुम्बिनी प्रदेशमा पठाइँदा मन्त्रालयले वन तथा वातावरण मन्त्रालयका सहसचिव नन्दलाल रायलाई उद्योग, पर्यटन तथा वन मन्त्रालय–मधेश प्रदेशको सचिवमा पठाएको छ भने त्यहाँकी सचिव विन्दुकुमारी मिश्रलाई संघीय सरकारको वन तथा वातावरण मन्त्रालयमा तानेको छ । यस्तै सामान्यमा अतिरिक्तमा राखिएका रामेश्वर मरहट्ठालाई गृह मन्त्रालय वा अन्तर्गत सरुवा गरिएको छ भने अतिरिक्त समूहका शम्भु कार्कीलाई राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा पुगेका छन् ।

पालिका प्रेस
थप जानकारी