मकवानपुर थाहा नगरपालिकामा रहेको पालुङ बहुमुखी क्याम्पसबाट स्नातक तह व्यवस्थापन संकाय दोस्रो वर्षको परीक्षामा ७० प्रतिशत विद्यार्थी उतीर्ण भएका छन् ।
पालुङ क्यम्पस मकवानपुरको उत्तरी क्षेत्रमा रहेको एकमात्र उच्च शिक्षा अध्ययन गर्ने शैक्षिक संस्था हो । क्याम्पस व्यवस्थापन समितिको सक्रियता तथा प्राध्यापक र विद्यार्थीहरुको मिहिनतले सफलता हासिल गरेको पालुङ क्याम्पसका सहायक प्राध्यापक राजन मिश्रले बताए ।
नियमित विद्यार्थीहरु सबै उतीर्ण भएको क्याम्पस प्रमुख रामहरि अधिकारीले बताए । क्याम्पसमा अध्ययन गर्ने अधिकांश विद्यार्थी उतीर्ण भएकोमा सबै विद्यार्थीलाई क्याम्पस व्यवस्थापन समिति अध्यक्ष विष्णु विष्टले बधाई दिए । उनले प्राध्यपक र अभिभावकहरु प्रति आभार समेत व्यक्त गरेका छन् । उनले विद्यार्थी र प्राध्यापकको मिहिनतको प्रशंसा गरे ।
पूर्वाधारमा पनि अब्बल बन्दै
पालुङ बहुमुखी क्याम्पसको उत्कृष्ट नतिजासंगै पूर्वाधार विकासमा समेत अब्बल बन्दै गएको छ । क्याम्पसमा बागमती प्रदेश सामाजिक विकास मन्त्रालयको २० लाखको लागतमा क्याम्पस गेट तथा ३ वटा कक्षा कोठा फिनिसिङको कार्य भईरहेको छ । साथै १५ लाख लाखतको शिलास्तम्भ तथा पर्खाल निर्माण भएको छ ।
थाहा नगरपालिका वडा नम्बर ३ को ७ लाख रुपियाँ सहयोगसहित गरेर १४ लाख रुपियाँ लागतमा शौचालय निर्माण भएको छ भने १० लाख रुपियाँमा टिटि बोर्ड तथा बास्केटबल कोर्ट निर्माण भएको छ ।
क्याम्पसमा ५० लाख रुपियाँ लागतमा भवनको तल्ला थप समेत भएको क्याम्पस व्यवस्थापन समिति अध्यक्ष विष्णु विष्टले जानकारी दिए । आफू क्याम्पपस संचालक समिति अध्यक्ष भएपश्चात् संस्थाको शैक्षिक तथा पूर्वाधार विकासमा सुधार हुँदै गएको अध्यक्ष विष्टको प्रतिक्रिया छ । क्याम्पसका लागि १ लख रुपियाँ ४ नम्बर वडा कार्यालयले विनियोजन गरेको छ ।

















































पालिका प्रेस 





प्रतिक्रिया दिनुहोस्