मकवानपुर थाहा नगरपालिकामा रहेको जनकल्याण माविको आयोजनामा “स्थानीय विद्यालय सम्बन्ध सुधार विषयक “अन्तरक्रिया एवंम थाहा नगरपालिकाको नवनिर्वाचित जनप्रतिनिधिहरुको स्वागत तथा सम्मान कार्यक्रम भएको छ। जनकल्याण मावि व्यवस्थापन समितिका सदस्य अर्जुन सुनारको अध्यक्षता तथा थाहा नगरपालिकाको उपप्रमुख भरत गोपालीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव रामशरण सापकोटा, शिक्षा विज्ञान तथा समन्वय इकाईका उपसचिव दिनानाथ गौतम, थाहा नगर शिक्षा शाखा प्रमुख शोभाकर रेग्मी, शिक्षा विभागका शाखा अधिकृत पद्मा सापकोटा, नारायणी नमुना माविका प्राध्यानाध्यापक पुर्ण प्रसाद दवाडी, च्वाइस नेपालका कुल प्रसाद तिवारी, शिक्षा शाखा थाहानगरका शाखा अधिकृत माधव विक्रम मल्ल, जनकल्याण माविका प्रधानाध्यापक सानोभाइ कार्की, थाहानगर रोजगार संयोजक कुमार नेगी, नवनिर्वाचित वडा अध्यक्षहरु, नगरभित्र रहेका विद्यालयका प्रधानाध्यापकहरु, शिक्षक पत्रकारहरुको उपस्थिती रहेको थियो।
कार्यक्रमको बारेमा प्रकाश पार्दै जनकल्याणका माविका प्रधानाध्यापक सानोभाइ कार्कीले नमुना विद्यालय बनाउन नगरभित्र रहेका निकायको सहकार्य तथा आम अभिभावकको चासो चिन्ता आवश्यक रहेको औल्याउँदै जनकल्याण गुणस्तरीय शिक्षामा जोड दिरहेको बताए । नमुना विद्यालय संचालन गरी देशमै उत्कृष्ट सामुदायिक विद्यालय बनाउका नारायणी नमुना मावि भरतपुर चितवनका प्रधानाध्यापक पुर्णप्रसाद दवाडीले जनकल्याणलाई नमुना विद्यालय बनाउन आफ्नो विद्यालयले गरेका कामहरुको बारेमा जानकारी गराउदै नारायणी माविले ९ः५० देखि ४ः३० सम्म पठनपाठन, उतीर्णाङ्क ३२ बाट ४०, पहिलो र दोस्रो त्रैमासिक परिक्षा पासगरेपछी मात्र अन्तिम परिक्षा दिने, परीक्षाको नतिजा विश्लेषण गरेर सार्वजनिक गर्ने, शुक्रबार परीक्षा लिने, परीक्षाको कपी घरमा पठाउने, अभिभावक अन्तरक्रिया बढाउने, पिरियड व्यवसथापन, शिक्षक, विद्यार्थीसंग प्रतिबद्धता लिने व्यवस्था गर्ने, नमुना हुन नेपाल सरकारले तय गरेको १५१ मापदण्ड पूरा गरेको तथा शिक्षक, अभिभावकको साथबाट नै देशको उत्कृष्ट विद्यालय बनाउन सफल रहेको अनुभव सुनाए ।
कार्यक्रममा नवनिर्वाचित उपप्रमुख भरत गोपालीले आफुले पनि यसै विद्यालयमा अध्ययन गरेको तथा समग्र थाहानगरको शैक्षिक इतिहासको खम्बा जनकल्याण भएकोले विद्यालयको शैक्षिक गुणस्तर वृद्धिको लागि आफू र स्थानीय सरकारको हर प्रयास रहने बताए । उक्त कार्यक्रममा थाहा नगरका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई स्वागत तथा सम्मान गरिएको थियो ।

















































पालिका प्रेस 





प्रतिक्रिया दिनुहोस्