जनकपुरधाम उपमहानगरपालिकाको बोर्ड बैठकमा नगर प्रमुख लालकिशोर साहले एकलौटी निर्णय गरेको असन्तुष्ट वडाअध्यक्षहरूले आरोप लगाएका छन् । जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा असन्तुष्ट वडाअध्यहरूले नगरप्रमुख लालकिशोर साह तानाशाही बनेको आरोप लगाएका हुन् ।
वडाध्यक्षहरूले आफूहरू आफ्नो कुरा राख्न खोज्दा मेयर साहले बाउन्सर लगाएर हप्कीदप्की दिइरहेको तथा उपमहानगर गुण्डाको अखाडामा परिणत भएको जिकिरसमेत गरे । नगरमा थुप्रिँदै गएको फोहोरले दुर्गन्ध बढ्दै गइरहेको अवस्थामा आफूहरूले पटकपटक मेयरसँग आग्रह गरे पनि कुनै सुनुवाइ नगरेको र उल्टै गुण्डाशैलीमा आफूहरूमाथि जाइलागेको जनकपुरधाम वडा नम्बर–१ का वडाध्यक्ष शत्रुधन साहले आरोप लगाए ।
जनकपुरधाम वडा नम्बर–३ का वडाध्यक्ष दीपेन्द्र कुमार साहले मेयर साहले आफूहरूको वडाको योजना बिगारेकोले यस वर्ष कुनै काम नै गर्न नसकेको समेत बताए । उनले नगरप्रमुख लालकिशोर साहले आफू अनुकूल चालु आर्थिक वर्षमा नगरभित्र पर्यटन प्रवर्धनको नाममा २ करोड ६७ लाख, विद्युतमा ६ करोड ११ लाख र महिला सशक्तीकरणका लागि अनुदानस्वरुप ४ करोड रुपैयाँ बजेट छुट्याए पनि यी बजेटहरू आफ्नो आसेपासेका करारका कर्मचारीसँग मिलेर चलाइरहेको आरोप समेत लगाएका छन् ।































































प्रतिक्रिया दिनुहोस्