• सानोभाइ कार्की

शिक्षा मानव जीवन बिकासको पूर्वाधारको पनि पूर्वाधार हो । यो यसमानेमा  कि शिक्षा बिना  बिकासको औचित्य हुदैन । बिकासस्वयमा चेतनाको उपज हो । बिकासको आधारलाई इतिहासबाट नियाल्दा पनि चेतनाको क्रमलाई नै मानिएको छ । मानव बिकास र फैलावटलाई हेरौ या हरेक वस्तु र सेवाको क्रमिक बिकासलाई हेरौ चेतनालाई नै लिएको पाइन्छ । युगको परिभाषालाई हेर्दा पनि   सत्य युग, जहा न्यायिक समानताको उपभोगलाई महत्व दिइएको पाइन्छ, अर्काको सम्पतिलाई तुक्ष मानिएको ,आफु र आफ्नो महत्व भन्दा अरुलाई वा अरुको अस्तित्वलाई सर्बमान्य मानिएको यथार्थता सत्य युग हो । जुन बेला जातजाति ,भाषा ,सम्पति लाई तेरोमेरो भन्नु भन्दा हरेकको सम्मान हरेकले गरिएको युग नै सत्य युग भनिएको तथ्यलाई निष्कर्ष निकाल्दा अन्यथा नहोला । जुन उच्चतम चेतनाको विकास भएको मान्न सकिन्छ ।

यसै गरी  द्वापर र त्रेता युगलाई अवलोकन गर्दा बिस्तारै समाजमा तेरो मेरोको भावना बढेको र त्रेता युगमा आदर्शबादलाई महत्व दिएको पाइन्छ । जुन बेला समाजका उन्नत विचार र व्यवहारका व्यक्तित्व राम ले समाजमा देखा परेको लोभ ,मोह र घमण्डलाई निस्तेज पारी सत्यको बिजयको लागि जीवन्त प्रयास गरेको देखिन्छ  । द्वापर युगमा समेत कलाकौशलले भरिपूर्ण कृष्ण र बल तेजयुक्त रावणको बिचमा द्वन्द भएको र अन्तत सत्यको पक्षमा विजय भएको किम्बदन्ती प्रस्ट पारेको देखिन्छ । सो पछिको कलि युग भनिएको चरणमा समेत चेतनायुक्त्त र अचेतहरू बीच बैचारिक र अज्ञानतामा नै युद्द चलेको पाइन्छ । अचेतलाई  चेतानायुक्त बनाउन रिशिमुनी  लगायत अग्र सोच राख्ने द्रष्टाहरूबाट उपदेशहरु बाडिनु ,ग्रन्थहरुको सृजना गरिनु ,असल काम गर्नेहरु ,अग्रगामी सोचलाई ब्यबहारमा प्रयोग गर्नेहरु बीच ठुला र साना भनी परिभाषित गरिनु यस कालको सारको  रुपमा देखिन्छ ।

यसरी के निष्कर्ष निकाल्न सकिन्छ भने हरेक युगको महत्वपूर्ण सार भनेको चेतना नै हो । साथै युगिन रुपमा सामान्य भन्दा भिन्न तर सर्वग्राही काम गर्न सक्नु र गर्नकालागी प्रेरणा प्रदान गर्ने पुरुष वा उनीहरुको विचारलाई महत्व दिनु नै युगिन महत्वपूर्ण निष्कर्ष निकालिएको देखिन्छ  । यसको लागि ती महापुरुष कहलिए जसले आफ्नो बल तागत र शक्त्ति लगाएर त्याग गरे र अरुको भलाईको लागि जीवन्त प्रयासरत  रहे  । वर्तमान समयमा पनि यसको पुष्ट्याई को लागि राजनैतिक विचारक चाहे कार्लमार्क्स हुन् जसले धनी र गरिब बीचको खाडल पुरेर समान राज्यको परिकल्पनाकार वा महात्मा गान्धी जसले चेतनाको आधारमा स्वतन्त्रताको उपभोग गरी बराबर हुन सकिने विचारक वा गौतम बुद्द जसले मानव मात्रकोअन्तर्दृष्टिबाट निस्कने परोपकारी भावनाको विचारलाई ब्यबहारमा उतार्ने ब्यबहारबादी  प्रयोगकर्ता  यी सबैको सारले चेतनाको अग्रतालाई मुख्य केन्द्र मानेको छ  ।  यी र यस्तै प्रकारको अन्य धर्म ,राजनीति ,दर्शन वा अन्य केही सबैमा चेतनालाई नै उच्चतम मानिएको तथ्य कोहिकसैबाट लुक्न छिप्न सकेको छैन ।

वर्तमान विश्वको विकास र समुन्नतिको आधार मानिएको मुलुकहरुलाई मापन गर्दा समेत चेतनाको माध्यमबाट सेवा र वस्तुलाई सबैकालागि वितरण गरिएको वा गर्ने ब्यबथा मिलाइएकोलाई लिन सकिन्छ  । परिवर्तनको जग मानिएको दर्शनलाई नियाल्दा समेत साम्यवाद र पूजिबादलाई हेर्ने हो भनेपनि उत्पादनको साधन भुमि  ,पूजी, श्रम र संगठनको वितरण प्रणालीलाई कसरी ब्यबस्थापन गर्ने पद्दतिमा नै बहस र प्रयोग गरेको देखिन्छ । यी तथ्यहरुको पक्षबाट विकसित ,अविकसित र अल्पबिकसितको श्रेणीमा बिभक्त्त मुलुकहरु मध्ये नेपाल अतिकम बिकसित मुलुकको पंक्तिमा राखिएको छ । यसो हुनुको मूल कारण चेतना नै हो । चेतना विकासको लागि प्रयोग गर्नु  पर्ने श्रोत र साधनको अधिकतम उपयोग गर्न नसक्नु नै गरिबी हो । मानवीय जीवनको लागि अति आवस्यक पर्ने श्रोत र साधनको उपलब्धता नहुनु , भएपनि सो को परिचालन गर्ने क्षमता नहुनु ,प्रयोग गर्दासमेत दीर्घकालीन रुपमा परिणाम दिन सक्ने प्रकृतिको बनाउँन नसक्नु ,बनाउने क्रममा नै आफुलाई केन्द्रित गरी  प्रयोग गर्ने सोच राख्नु आर्थिक पक्षलाई मात्र महत्व दिनु ,भ्रष्टाचार गरेर आफु केन्द्रित योजनाको चिन्तन मनन गर्नु अचेतनाको परिणाम वा मानसिक अविकसित पक्ष हो ।

यसै सन्दर्भमा नेपाल जस्ता अतिकम विकसित मुलुकहरुले बिकास लाई आफ्नो गन्तब्य बनाई शिक्षा विकासमा चासो र चिन्ता व्यक्त्त गरेको पाइन्छ जुन सकारात्मक पक्ष हो । तर हतार र चाडै होस भन्ने अभिप्रायले गर्दा कुन प्रकृतिको शिक्षा देशको माग अनुकुलको छ ? यकिन गर्न नसक्नु र अरुको कुरा पत्याएर प्रयोगवादी हुनु निश्चित रुपमा हतपतको काम लतपत हुनु स्वाभाविकै हो ।  अहिले नेपालमा तेस्तै देखिन्छ । यहा उद्धृत गर्न खोजिएको पक्ष के हो भने शिक्षा सरकारी दायित्व हो वा हाम्रो जस्तो देशमा जसले सक्छ उसले  प्राप्त गर्ने हो ? खुटयाउनु जरुरी छ । यसै सन्दर्भमा नेपाल अहिले दुबैबाटोलाई आत्मसाथ गरेको मुलुकमा पर्दछ। यसको मतलव  यहा सार्बजनिक शिक्षा ,निजी  शिक्षा र सरकारी शिक्षा गरी तीन क्षेत्रबाट संचालित शिक्षा पद्दति क्रियाशील छ । ब्यबस्थापनको स्वायतताको हिसाबले निजि क्षेत्रमा संचालित शैक्षिक संस्थाहरु तुलनात्मक रुपमा जन बिश्वासिलो बनेको र जनताहरुको आकर्षणको केन्द्र बन्दै गएको छ भने पब्लिक प्रकृतिको शिक्षामा पनि ब्यबस्थापन पक्षमा अर्ध स्वायत्तता भएकोले सरकारीभन्दा विश्वासिलो नै पाइन्छ । यद्द्यपि सरकारी तहबाट संचालित स्कूल ,क्याम्पस र विश्वविद्यालयहरुसमेत अधिकार र कर्तव्यको तानातानीमा समय चक्र बिताईरहेको पाइन्छ । मुलत सरकारी शैक्षिक संस्थाहरुमा बिगत देखि नै शिक्षकहरुको नियुक्त्ति ,सरुवा ,बढुवा माथिको दलीय हस्तछेपलाई लिनु अन्यथा हुदैन ।

सरकारी शिक्षण संस्था चाहे त्यो स्कूल होस वा कलेज  वा विश्वविद्यालय  नै किन नहोस सेवा सुबिधाको ब्यबस्था उच्चतम हुदाहुदै पनि प्रतिफल कम हुनु कै कारण र ब्यबथापकीय उदासिनताको परिणामले जनबिश्वास कम हुदै गएको यथार्थतालाई ठाडै नकार्न नमिल्ला  । यसै सन्दर्भमा अहिले नेपालको शासकीय स्वरुपमा आएको परिवर्तन स्वरूप तल्लो तहसम्म सरकारको उपस्थिति हुनु ,केन्द्रीय सरकार मतका  हिसाबले बलियो हुनु ,नागरिकहरुको चेतना तुलनात्मक रुपमा विकसित हुनु ,नियम कानुनको ब्यबस्थापन गर्ने जमर्को गरिनु ,राष्ट्रीय पक्ष र अन्तर्राष्ट्रीय प्रतिष्पर्धामा अनिवार्यरुपमा जानै  पर्ने बाध्यता सृजना हुनु जस्ता बाह्य वा भित्री तत्वहरुले अब नेपालको चुनौती सरकारी शिक्षालाई महत्व दिइ  नागरिकहरुलाई  सबल र सक्षम बनाउनुको विकल्प छैन । यस संदर्भमा स्थानीय तहलाई आफ्नो तह आफै सुधार को अधिकार नेपालको संविधानले नै दिएको सन्दर्भमा थाहानगरको  शिक्षालाई आहा बनाउन के गर्नु पर्ला भनी बहस र छलफल गर्नु यो नगरका शिक्षित नागरिकहरुको कर्तब्य हुन आउने तथ्यलाई आत्मसात गरी  यो चर्चा गर्न लागिएको लाई स्पष्ट पार्नु उपयुक्त  हुनेछ ।

 सबै भन्दा पहिला हामी अवधारणामा स्पष्ट हुनु पर्दछ कि शिक्षा के हो? यो के का लागि हो ? कसरी  प्राप्त गर्ने ?शिक्षा सरल र उन्नतशील जीवन यापन गर्ने महत्वपूर्ण साधन हो । यो साध्य होइन  । साघ्य के हो ? सुखी र सम्वृद्द  जीवन । सुखी र सम्बृद जीवनको लागि  कस्तो शिक्षा ? यसको सहज र सरल उत्तर हो ज्ञानसहितको सीप युक्त्त शिक्षा आजको  आवस्यकता  ।

थाहानगरपालिका घोषणाको हिसाबले पाचौ बर्षको उमेरमा र विधिवत ब्यबस्थापनको हिसाबले हेर्दा शिशु अवस्थामा नै छ । शिशु अबश्थामा नै बयस्क अवस्थाको कमाई खोज्नु पक्कै पनि बुद्दिमानी हुदैन । तर भानिन्छ ,बालकले मानवको रुप र बिहानीले दिवाको झलक देखाउछ । वर्तमानमा थाहा नगरपालिका भित्रको शैक्षिक संस्थाहरुको विवरणमा  उच्च मा वि ५  ,मा वि प्राबिधिक  ३ [ईन्जिनीयारिंग ,कृषि,र वन बिज्ञान],मा वि साधारण ६  ,आधारभूत तह कक्षा ८ सम्म  ६  र बाकी प्रा वि गरी ५१  वटा स्कूल र एक क्याम्पस रहेको छ ।  साथै निजि क्षेत्रमा संचालित मा   वि  ६   ,प्रा वि ३   कुल जम्मा ६२ र एक मन्टेश्वरी कक्षाका   विद्यालयहरु संचालित छन्। संख्याको हिसाबले ठुलै देखिए पनि भूगोलका पक्षबाट नपुग नै देखिन्छ । यद्द्यपि  अहिले विद्यालय थप गर्नु भन्दा भएकाको ब्यबस्थापनमा जोड दिनु पर्ने चुनौती जल्दोबल्दो छ ।अहिलेको ब्यबस्थापन  योजना –शिक्षक ,शिक्षा ,गुणस्तर र रोजगार मा आधारित भएर गरिनु पर्ने देखिन्छ ।

शिक्षक ब्यबस्थापन –योग्य ,दक्ष र लगनशील शिक्षकको ब्यबस्थापन पहिलो चुनौती हो । जहा यी गुणयुक्त्त शिक्षकको उपस्थिति हुन्छ तेहा निश्चितरुपमा शैक्षिक स्तर सुधारिन्छ । यसको लागि  पहिलो ध्यान दिनु सुधारको कदम चालेको ठहर्छ । यहा प्रश्न उठ्छ यो कसरी ?निश्चय  नै हाम्रो मुल्यांकन नकारात्मक सोचाइले ग्रसित छ ।  यसमानेमा कि हामी मूल्यांकन वर्तमान परिस्थितिको आधारलाई मानेर गर्दछौ । यो गलत पद्दति हो किनकि वर्तमानको नतिजा भूतकालको क्रियाकलापलाई हेरेर गर्नु वास्तविक हुन्छ । हिजो हामीले गरेको कर्मको परिणाम आज र आज गरिएको कर्मको परिणाम भोलि देखिने तथ्य सर्बबिदितै छ ।

हामी बिगत भुल्ने र देखिएको स्थितिको विश्लेषणमा रमाउने पद्दति सर्वथा गलत हो । अहिलेको स्थिति विश्लेषण  गर्दा हिजो हाम्रो पद्दतिले गरेको शिक्षक नियुक्ति ,शिक्षकमाथि गरिने उपयोगको अवस्था ,सरुवा, बढुवा लगायत राम्रो नराम्रोको मुल्याकन आदिले ल्याएको परिणाम नै अहिलेको अवस्था हो भन्ने कुरा भुल्नु  हुदैन । आज खासगरेर सरकारी स्कूलमा कार्यरत शिक्षकहरुको बारेमा कुराकानी गर्दा वा उनीहरुले दिएको नतिजाको बारेमा चर्चा   गर्दा नकारात्मक नजरले मात्र हेरिरहदा काम चोरलाई पुरस्कार र लगनशील ,कर्तव्यनिष्ठ शिक्षकहरुमाथि  घोर अपमान गरिरहेको पो छौ कि ?हेक्का राख्नु पर्दछ । यहा एउटा उदाहरण सान्दर्भिक होला कि भर्खरै थाहा नागरपालिकाले अवकाश  हुन् चाहाने शिक्षकहरुलाई सम्मानस्वरूप दोसल्ला ,मानपदवी सहित एकलाख रुपैया नगदकासाथ  स्वर्णिम स्वैच्छिक अवकासको नीति सार्बजनिक गर्यो । फलत चार जना शिक्षकहरुले त्यो अवसरको उपयोग गर्नु भयो । यो अभियानको स्वर्णिम स्वैच्छिक  अवकास भन्ने मुल शब्दको मर्मलाई छोडेर पत्रपत्रिका यहासम्म कि मुलुकको लोकप्रिय मानिने कान्तिपुरले समेत कक्षा १ देखि ५ सम्म अंग्रेजी माध्यममा पढाउन नसक्ने ,आधुनिक सुचना प्रविधिमा समायोजन हुन नसक्ने ,अपडेट हुन नसक्ने,२५ वर्ष नाघेका पुराना  आदि गुणयुक्त्त शिक्षकहरुलाई अनिवार्य रुपले हटाउनु पर्ने भएको  र सोझै जाउ भन्नुभन्दा पुरस्कार दिएर पठाएको  नगर प्रमुख र शिक्षा अधिकारीले भनेको भनी समाचार सम्प्रेषण गर्यो ।

यस सन्दर्भमा शिक्षकका पेशागत संग संगठन र शिक्षक महासंघका प्रतिनिधिहरुले एकसाथमा आवाज उठाउदै प्रश्न गरे कि कक्षा १ देखि ५ सम्म अंग्रेजी माध्यममा पढाउने पाठ्यक्रम कसले निर्धारण गर्यो ? स्थानीय सरकारले वा प्रदेश सरकारले कि संघीय सरकारले ?आधुनिक सुचना प्रविधिबाट पठनपाठन गर्ने कोर्ष कहा छ  ? के विद्यालयहरु सुचना प्रबिधिमैत्री भैसके ? श्रोत र साधनले युक्त्त चिद्यालयहरुमा अयोग्य शिक्षकहरु पूराना मात्रै हुन् ? सुचना प्रविधिको तालिम कसले कहा कतिपटक दिएको छ ?अनुगमन कसले कहिले कोबाट  गरियो ? कसरी अयोग्य भए ? जुन समय सान्दर्भिक जिज्ञासाहरु हुन् । यसको सही जवाफ कोही कसैसंग छैन । न त अन्दाजको भरमा लेख्ने पत्रकार ज्युहरुसंग छ वा भन्ने बित्तिकै आजकोभोलि  सुधार होस भन्ने सरोकारीहरुसंगै छ ?तर यसले जो स्वर्णिम स्वैच्छिक अवकास लिएर जानु भयो वहाहरुमा नमिठो अनुभूतिले काम गर्यो ।

अवकास लिन ईचछुक शिक्षकहरुकलागि  समेत एकलाखमा र कदर पत्रको लोभमा नलोभिने प्रण जाग्यो । परिणाम के हो नकारात्मकता । यसरी शिक्षक ब्यबस्थापन हुन् सक्दैन ।यो त भयो  शिक्षकका बिरुद्द उठ्ने कमजोरीको उपयोग । स्वर्णिम अवकाश योजना आफैमा शैक्षिक सुधारको योजना थियो । यो योजनासंगै स्थायी शिक्षकहरुको अन्तिम लक्ष निवृतिभरण नै हो  । निवृतिभरण २० वर्षमा पाइन्छ । वर्तमान युग नविनतम शैक्षिक पद्दति कार्यान्वयनको युग हो ।

नविनतम प्रणाली लागु गर्न नावितम र विकसित शिक्षण पद्दतिको क्रियाशीलता जरुरी  पर्दछ । यो पद्दतिमा नगरलाई लान र शिक्षकले सीप विकास गरी क्रियानवित हुन् निश्चित रुपमा नवयुवाको जोश ,जागर ,ज्ञान र सीपसंग तुलनात्मक रुपमा प्रतिस्पर्धी हुन सकिदैन । फलत नगरको स्वर्णीम शैक्षिक अवकाश योजना नगरसंग पैसा बढी भएर होइन , न त लामो समय शैक्षिक क्षेत्रमा योगदान गरेका शिक्षकहरुको मानमर्दन नै हो । यदि यो योजना हो भने केवल थाहा नागरपालिकामा अब नव पद्दतिमा शिक्षण सिकाई पद्दति लागु गर्ने विशुद्द परिवर्तनको योजना हो । सुधारको योजना हो । यदि यो लक्ष छैन भने यसको कुनै जरुरी छैन ।   अपितु शिक्षक ब्यबस्थापन आजको आवस्यकता नै हो । यसका लागि   —

[१ ] जहा विद्यार्थी त्यहा शिक्षकको  नीति कडाईपुर्बक लागू गर्ने । यसकालागि थापा शिक्षक व्यवस्थापन पूर्व विद्यार्थी शिक्षक अनुपात न्यून भएका विद्यालयहरुलाई सामाजिक परिवेश र भौगोलिक अवस्था हेरेर डाउन साइज वा विलयको नीति अवलम्वन गर्न सकिन्छ ।

[२ ] शिक्षकहरुको सक्षमता बृद्दिका कार्यक्रमहरुको प्रबन्ध नियमित गर्ने ।

[३] उपलब्ध अवसरको कार्यान्वयनको विधिसम्मत ढंगले नियमित अनुगमन गर्ने ।

[४ ] अनुगमन पाठ्यक्रम ,पाठ्यवस्तुको उपलब्धिसंग तुलना गर्ने ।

[५] विद्यालयको न्युनतम भौतिक सेवा सुबिधा,विद्यार्थी संख्या ,विद्यालय र विद्यार्थीको घर स्कूल दुरी निर्धारण गर्ने । यसलाई हेर्दा भूगोल ,जातजाति र बालबालिका संख्यालाई मापक बनाउने ।

[६] शिक्षकको सिकाई उपलब्धिका आधारमा  जिम्बेवारीमा थपघट गर्ने ।

[७] विद्यार्थी शिक्षक अनुपातको नया नीति निर्माण गर्ने र दरबन्दी मिलानलाई कार्यान्वन गर्ने मुलत शिक्षकहरुप्रति  हेर्ने दृष्टिकोण बदल्ने । शिक्षकहरुलाई गालीगलौज र मानमर्दंनबाट होइन ,उनीहरुको सक्षमता बृद्दिबाट उपलब्धि लिने सोचाईमा जान सक्नु नै जित हो ।

शिक्षक सक्षमता अभिबृद्दीः बिगतमा भएको शिक्षक नियुक्त्ति, सरुवा ,बढुवा ,मान सम्मान  लगायतलाई हेरेर वर्तमान समयमा सुधारको गतिविधिलाई नया शीरा र सोचबाट सुधारकोलागि  योजना बनाउनु सान्दर्भिक हुन्छ । तर हामीमा बिगत वा वर्तमानको कम्जोरीलाई आधार बनाएर सुधारको सट्टा बिगार तर्फ अघि बढिरहेको पो हो कि सचेत हुन जरुरी छ  ।यसकोलागि  हामीले ध्यान  दिनु पर्ने पक्ष हरु –

१] शिक्षक नियुक्त्ति पारदर्शी ,वैज्ञानीक ,मापनीय बनाउनु पर्द्छ  ।

२] सरुवाको व्यवस्थालाई शिक्षकको कार्य सम्पादन र सक्षमतासंग जोड्नु पर्दछ ,शिक्षकले चाहेर भन्दा विद्यालयको आवस्यकता र शिक्षकमा भएको आवस्यकता समाधान गर्न सक्ने क्षमतालाई आधार मानिनु सुधार तर्फको मार्ग पक्डिएको मानिन्छ ।

३] बढुवा हरेकको कामको परिणामको पुरस्कार हो   ।पुरस्कार हाम्रो र  आरक्षणमा होइन कार्य सम्पादनमा जोडिनु पर्द्छ । वास्तवमा हामी साच्चै हाम्रो क्षेत्रलाई आहा बनाउन चहान्छौ  र परिणाममा विश्वास गछौ भने  कार्यसम्पादन र पद नेतृत्वको  अवसर परिणाममा जोदिनुपर्दछ ।

४] मानसम्मान मानवीय स्वभाव र कार्य प्रगतिकोलागि  उर्जा थप्ने तागत हो । अत यसको कार्यान्वयनको पद्दतिको निर्माण र निष्पक्ष कार्यान्वयन  नै हो ।

५] समग्रमा ब्यबस्थित ब्यबस्थापन ,दक्ष ,योग्य ,उर्जाशील शिक्षक ,दूरदृष्टि युक्त्त सामाजसेवी ,नीतिलाई दृष्टिकोणमा सहयोग पुराउने शिक्षा कर्मचारी र सन्तानको अग्र उन्नति चहाने अभिभावक हरुको संयोग बनाउन सक्नु नै वाह हुने शिक्षा प्राप्तिको मापदण्ड हो   । यो लक्ष चुम्नको लागि केवल शिक्षक तर्फ औला थड्याएर मात्र उन्मुक्त्ति पाइदैन । उपर्युक्त्ता सरोकारीहरु संग हातेमालो गर्दै  थाहानगर शिक्षा समिति ,शिक्षा शाखा ,दलहरु र समग्र नगरपालिका उत्तरदायी हुन सक्नु पर्दछ ।

 उपर्युक्त्त तथ्य र परिस्थितिहरुलाई वा  मुलत हाम्रो आदर्श शिक्षा बनाउने लक्षको किटानी गरी तदनुरुपको शिक्षा नीति निर्माण र कार्यान्वयनको प्रतिवद्दताको खाचो हो । यस पछि  हामीले हाम्रो उत्पादित जनशक्त्तिलाई रोजगारको अवसरको यकिन गर्न भुल्नु हुदैन । ,यसकालागि  शिक्षा र शिक्षासँग सम्बन्धित सबै निकायहरु वीचको स्वस्थ छलफल ,निष्कर्ष र लक्ष निर्धारण नै श्रीगणेश  भएको मानिन्छ । अत शिक्षालाई आहा बनाउने नारा कुरा र भाषण होइन कार्यान्वयनको खाचो  छ  ।अन्तिम सत्य के हो भने नीति कार्यान्वयनलाई निष्पक्ष ,विधि सम्मत र शिक्षाको सुधारको माध्यमबाट समाज परिवर्तनको विश्वासलाई आत्मसात गर्नसक्नु पर्दछ । अनि बन्न सक्छ थाहाको शिक्षा आहा भन्दा अतिशयोक्त्ति नहोला ।