मकवानपुरको थाहा नगरपालिकाको फुटबल प्रतियोगिता संचालन गर्ने भएको छ ।

पालिकाले दिवंगत रुपचन्द्र बिष्टको जन्मोत्सव २६ पुसबाट थाहा गोल्डकप फुटबलको तेस्रो संस्करणको प्रतियोगिता आयोजना गर्न लागेको सामाजिक विकास शाखा प्रमुख अनिल लापिमछानेले बताए । थाहानगरको इन्द्रायणी चौरमा आयोजना हुने प्रतियोगिताको लागि टिम दर्ता खुल्ला गरिएको छ। प्रतियोगितामा सहभागी हुने टिमले दर्ता शुल्क ८ हजार र कार्ड डिपोजिट शुल्क २ हजार तोकियको प्रतियोगिता को संयोजक सुमन बिष्टले जानकारी दिए ।

प्रतियोगितामा प्रथम हुने टिमले नगद १ लाख शिल्ड मेडल र प्रमाणपत्र पाउनेछन भने उपबिजेताले ५० हजार सहित मेडल प्रमाणपत्र प्राप्त गर्ने छन ।

मणीराज थापा
थप जानकारी