मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नंबर–५ पिप्लेमा निर्माणधिन रंगशाला निर्माणको लागि हेटौंडा स्कूल अफ म्यानेजमेन्टका प्रिन्सीपल पुरनबहादुर जोशीले ५ लाख रुपैयाँ सहयोग गर्ने भएका छन् । खेल क्षेत्रमा यस अघिपनि सहयोग गर्दै आएका जोशीले जिल्लामा एक सुविधासम्पन्न रंगशाला आवश्यक रहेको भन्दै पाँच लाख रुपैँया सहयोग गर्ने घोषणाँ गर्नुभएको पिप्ले युवा क्लबका अध्यक्ष सुशील घिमिरेले जानकारी दिए ।

हेटौँडा उपमहानगरपालिकाको महत्वपूर्ण सहयोग तथा जनस्तरबाट आर्थिक सहितका सहयोगबाट निर्माणधिन रंगशालको हाल प्यारापिट ढलान तथा फलामे प्यारापिट निर्माण कार्य जारी छ । ३ हजार ५ सय जना अट्ने आरसिसि प्यारापिट तथा उत्तिकै संख्यामा अट्नेगरि फलामे प्यारापिटको निर्माण कार्य भैरहेको सन्र्दभमा प्रिन्सिपल जोशिले रंगशाला निरिक्षण गरिसकेपछि सहयोगको घोषणा गरेका हुन् ।

पालिका प्रेस
थप जानकारी