मकवानपुरको थाहानगर आफैमा पर्यटकीय नगरी हो । यहाँका हरेक थुम्का र डाँडा प्राकृतिक भ्युटार हुन् । ठाउँठाउँको आ–आफ्नै विशेषता रहेको छ ।

यस्तै विशेषताले भरिएको थाहा नगरपालिका वडा नम्बर २ को कोटथुम्की डाँडाबाट निकै राम्रो सुर्योदय अवलोकन गर्न सकिन्छ । समुन्द्री सतहबाट करिब २ हजार ४५० मिटरको उचाइमा रहेको कोटथुम्की ऐतिहासिक मात्र नभएर प्राकृतिक दृष्टिकोणले राम्रो भ्यु प्वाइन्ट हो । कोटथुम्की र आसपासका क्षेत्रबाट विभिन्न १० भन्दा बढि हिमालको राम्रोसँग अवलोकन गर्न सकिन्छ । मौसम खेलेको बेला कोटथुम्किबाट सगरमाथा पनि देखिन्छ । अग्लो डाँडा भएकाले यहँबाट गोर्खा, धादिङ नुवाकोट काठमाडौ पनि देखिन्छ ।

पर्यटकीय क्षेत्रको रुपमा कोटथिम्किलाई एउटा विकास गर्न सके पर्यटन प्रवद्र्धनमा टेवा मिल्ने स्थानीयहरु बताउँछन् । यहि ठाउँ पुगेर फोटोग्राफर गणेश विष्टले खिचेको फोटोहरुः

गणेश विष्ट
थप जानकारी