थाहानगर खानेपानी व्यवस्थापन बोर्डको नेतृत्व नगर प्रमुख विष्णु बहादुर विष्टले सम्हालेका छन् । थाहानगर खानेपानी व्यवस्थापन बोर्डको सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०७६ को दफा ९ बमोजिमको कार्यकारी समितिको अध्यक्ष पदको कार्यभार विष्टले सम्हालेका हुन् ।

ऐनको दफा ९ को (ख) र (ग) मा व्यवस्था भए बमोजिम क्रमशः पालिकाको वडा अध्यक्ष मध्येबाट नारायण लामा र कार्यपालिकाले आफू मध्येको महिला सदस्य मध्येबाट अनिता बललाई सदस्य पदका लागि थाहा नगर कार्यपालिकाको बैठकले निर्णय गरेको प्रवक्ता हेरमान गोपालीले जानकारी दिए । यस अघि तत्कालिन नगर प्रमुख लवशेर विष्टले खानेपानी व्यवस्थापन बोर्डको नेतृत्व गरेका थिए । १७ चैतमा सम्पन्न कार्यपालिका बैठकले निवर्तमान अध्यक्ष विष्टसहित बोर्डमा आवद्ध पदाअधिकारीहरुलाई उच्च प्रशंसासहित धन्यावद ज्ञापन समेत गरेको छ ।

ऐन बमोजिम सदस्यहरुमा भौगोलिक क्षेत्रको नगरपालिकाको प्रमुख प्रशासकीय अधिकतृ एक, भौगाेिलक क्षेत्रका स्थानीय खानेपानी उपभाक्तो समितिहरु मध्यबोट समितिले मनोनयन गरको, एक महिला, भौगोलिक क्षत्रेका खानेपानी वा सरसफाई सवो क्षेत्रमा कायर्रत स्थानीय गैर सरकारी संस्थाहरुमध्यबाट समितिले मनोनयन गरेको एक महिला, खानेपानी तथा सरसफाई सवो क्षेत्रका विज्ञहरुमध्येबाट समितिले मनोनयन गरको एक जना हुनेछन् । बोर्डले आवश्यकता अनुसार सल्लाहकार चयन गर्न सक्ने ऐनमा व्यवस्था छ ।

पालिका प्रेस
थप जानकारी