मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३ मा बसोबास गर्ने न्यून आय भएका २८ परिवारको वडा कार्यालयले निशुल्क स्वास्थ्य बीमा गरिदिएको छ ।
वडाका ८ ओटा टोल विकास संस्था र मक्रान्चुली सामुदायिक स्वास्थ्य इकाईको सिफारिसमा २८ बिपन्न परिवारलाई स्वास्थ्य बीमामा सहभागी गराइएको हो ।

वडा कार्यालयको आव २०७९/८० को स्वीकृत वार्षिक कार्यक्रम अन्तरगत वडाको विभिन्न लक्षित कार्यक्रम शीर्षकमा विनियोजित रकम ६ लाख रुपैयाँमध्येबाट स्वास्थ्य बीमा गर्न एक लाख रुपैयाँ भुक्तानी गरेको बताइएको छ । वडा समितिको बैठकले निर्णय गरेर स्वास्थ्बीमा गरिएको वडाअध्यक्ष भागवत घिमिरेले जानकारी दिए । सिफारिसमा परेका तथा निम्न आय भएका अन्य बाँकी परिवारको पनि पहिचान गरी आगामी दिनमा बजेटको सुनिश्चित गरी कार्यक्रमलाई निरन्तरता दिइने वडाअध्यक्ष घिमिरेले बताए ।

स्वास्थबीमा कार्यक्रमबाट ग्रामीण क्षेत्रका बासिन्दाको स्वास्थ्योपचारमा निकै राहतको अनुभूति भएको बताइएको छ ।

पालिका प्रेस
थप जानकारी