मकवानपुर थाहा नगरस्तरीय खुल्ला दौड प्रतियोगिताको उपाधि महिलातर्फ सुष्मा घलान र पुरुषतर्फ विकास लो स्वर्ण पदक अर्थात प्रथम भएका छन् । पुरुषतर्फको ५ किलोमीटर र महिलातर्फको ३ किलोमीटर दुरीमा ३० चैतमा प्रतियोगिता भएको हो ।

‘स्वास्थ्यका लागि दौड’ भन्ने मुल नाराकासाथ थाहा नगरपालिका वडा नम्बर १ लाई शुरु बिन्दुमानी भएको प्र्रतियोगितामा पुरुष तर्फ थाहा ११ का लो र महिला तर्फ थाहा १२ की सुष्मा घलान प्रथम भएकी हुन् । लो ले निर्धारित दुरी २० मिनेट ५५ सेकेन्डमा पूरा गरे भने महिला तर्फ थाहा १२ कि सुस्मा घलानले निर्धारित दुरी १४ मिनेट ४४ सेकेन्डमा पूरा गरेकी थिइन् । त्यसैगरी पुरुषतर्फ निखिल बर्तौलाले निर्धारित दुरी २१ मिनेट १५ सेकेन्डमा पूरा गर्दै दोश्रो भए भने २१ मिनेट ३८ सेकेन्डमा निर्धारित दुरी पार गर्दै लवशेर घिसिङ तेश्रो भए ।

\

महिला तर्फ निर्धारित दुरी १५ मिनेट २१ सेकेन्डमा पूरा गर्दै सन्ध्या गोले दोश्रो र १५ मिनेट ३६ सेकेन्डमा दुरी पार गर्दै आशा तामाङ तेश्रो हुन सफल भएका छन् । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः नगद १२ हजार, ८ हजार र ५ हजारसहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेका छन । प्रतियोगितामा पुरुषतर्फ २१ र महिलातर्फ ११ जनाको सहभागीता रहेको थियो । थाहानगर खेलकुद विकास समितिले आयोजना गरेको प्रतियोगितामा फरक सोच र ल्याम्ह पुच मकवानपुरले संस्थागत सहयोग गरेका थिए ।

थाहा नगर खअ‍ेलकुद विकास समितिका संयोजक तथा १२ नम्बर वडाध्यक्ष टिकाराम स्याङ्तानको अध्यक्षतामा भएको पुरस्कार वितरण समारोहमा थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली प्रमुख अतिथी थिए । कार्यक्रममा थाहा नगरपालिका १ नम्बर वडाध्यक्ष अध्यक्ष हेरमान गोपाली, ३ का हिरेन्द्र रायमाझी, ४ का नारायण लामा, खेलकुद विकास समितिका सदस्य सचीव अनिल लामिछाने, फरक सोचका संयोजक यादव जंग रायमाझी, ल्याम्ह पुचः मकवानपुरका अध्यक्ष सुविन्द्रमान प्रधान लगायतकाको आतिथ्यता रहेको थियो । प्रतियोगिता व्यवस्थापनका इलाका प्रहरी कार्यालय पालुङले समेत समन्वय गरेको थियो ।