फाइल फोटो

राष्ट्रपति रनिङ शिल्ड बागमती प्रदेशस्तरीय खेलकुद प्रतियोगितामा एथ्लेटिक्स विद्यामा २ स्वर्ण जित्न सफल भएकी थाहा नगरपालिका १ निवासी दिना गोपाली ९ वैशाखमा थाहानगरमा सम्मानित भइकी छिन् ।

थाहा नगरपालिका १ मा रहेको सुनौलो विकास केन्द्रले ९ वैशाखमा एक कार्यक्रमकाबीच गोपालीलाई नगद ३ हजार रुपैयाँसहित प्रमाणपत्रले सम्मान गरेको हो । एथ्लेटिक्स विद्यामा दिनाले एक सय मिटर र २ सय मिटरमा स्वर्ण जितेकी थिइन् । थाहा नगरपालिका १ का वडा अध्यक्ष हरेमान गोपालीको अध्यक्षतामा भएको सम्मान कार्यक्रममा जीवन्त शिक्षाका अध्यक्ष राजन विडारी, सुनौलो सामूदायिक सिकाइ केन्द्रका अध्यक्ष रुपचन्द्र गोपालीलगायतको आतिथ्यता रहेको थियो ।

१४ वर्षीय दिना गोपाली थाहा नगरपालिकाको इअन एकेडेमी बोर्डिङमा अध्ययनरत छात्रा हुन् ।

पालिका प्रेस
थप जानकारी