काठमाडौंमा आयोजना हुने दोस्रो बागमती प्रदेश खेलकुद प्रतियोगितामा कराँतेतर्फ थाहा नगरपालिकाबाट ८ जना खेलाडी छनौट भएका छन् । मकवानपुर जिल्ला खेलकुद विकास समितिको आयोजनामा ९ बैशाखमा हेटौंडामा भएको जिल्लास्तरीय प्रतियोगितामा थाहाका ८ खेलाडी छनौट भएको प्रशिक्षक मानसिं दोङले जानकारी दिए ।

प्रतियोगितामा थाहानगरबाट महिलातर्फ ४ जना र पुरुषतर्फ ४ जना खेलाडी छनौट भएका हुन् । छनौट भएका खेलाडीहरुमा महिलातर्फ कातामा भुमिका बलामी ५० केजि तौल समुहमा प्रमिला थोकर, ५५ केजीमा मल्लिका खत्री, ६० केजी तर्फ सन्ध्या गोले छनौट भएका छन भने पुरुषतर्फ सुशील रुम्बा ५० केजी, सुविन खत्री ५५ केजी, निमा शेर्पा ६७ केजी तथा रोशन बलामी ७५ केजी समूहमा रहेका छन ।

छनौट भएका खेलाडीहरुलाई छिटै बन्द प्रशिक्षणमा राखिने प्रशिक्षक दोङले बताए ।

पालिका प्रेस
थप जानकारी